सूपर जोनमा उत्पादित धानले मूल्य पाएन

तारामणि सापकोटा

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

झापा, ३० जेठ । धान सूपर जोन बनियानीका कृषकले उत्पादन गरेको धान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् ।
सरकारले न्यूनताम सहमति मूल्य निर्धारण नगर्दा कृषकले चैते धान सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका हुन् । दुई साता अघि प्रति मन आठ सय रुपैयाँमा बिक्री गरेका कृषकले अहिले प्रतिमन ६ सय ८० रुपैयाँमा पनि खरिद गर्न व्यापारी मानिरहेका छैनन् । पानी परेको बहानामा व्यापारीले धानको मूल्य घटाएको कचनबवल ३ का कृषक झमक खड्काले बताए । उनले भने, व्यापारीले पानी परेको बहना बनाएर सस्तोमा बिक्री गर्न बाध्य बनाएका हुन् ।
कचनबवल ४ केनाका कृषक मोहनप्रसाद राजवंशीले दुई साता अघि प्रतिमन सात सय ९५ रुपैयाँमा बिक्री गरेका थिए । तर, अहिले सात सय रुपैयाँ प्रतिमन धान खरिद गर्न पनि व्यापारीले नमानेको राजवंशीले बताए । उनले भने, सात सय मनको उठाउन आउँछु, आउँछु भन्छन्, धान उठाउन नआएर बिग्रिन लागिसक्यो ।

भण्डारणको समस्या
वर्षा याममा उत्पादन हुने चैते धान सुख्खा बनाउने र भण्डारण गर्ने व्यवस्था नहुँदा व्यापारीलाई धान सस्तो मुल्यमा बिक्री गर्न कृषक बाध्य भएका हुन् । धान सूपर जोनमा एक एक हजार मेट्रिक टन क्षमताका दुई वटा भण्डार गृह निर्माणाधिन अवस्थामा छन् ।
भण्डार गृहमा धान सुकाउने आधुनिक ड्रायर मेशिन तत्काल नहुने सूपर जोन कार्यान्वयन कार्यालयका प्रमुख बरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले बताए । उनले भने, तत्काल परमम्परागत रुपले धान सुकाएर भण्डार गर्नु पर्ने हुन्छ ।
आधुनि प्रविधियुक्त भण्डार गृहको सुविदा नभएसम्म कृषले उत्पादन गरेको धानले उचित मूल्य पाउन नसक्ने सूपर जोन संचालक समितिका सहसचव कनैयालाल गणेशले बताए । उनले भने, सरकारले मूल्यपनि तोक्तैन, भण्डार गर्ने ठाउनँपनि छैन, अनी कहाँबाट कृषकले मूल्य पाउँछन् ?
अमरावती कृषि सहकारी संस्था र साना कृषि सहकारी संस्थाले भण्डारण गृह निर्माण गरेका हुन् । भण्डार गृहमा भने दुबै भण्डार गृह २२-२२ लाखको लागतमा पथरियामा निर्माण हुँदै आएको छ । भण्डार गृह निर्माणमा सूपर जोनले ८५ प्रतिशत लगानी गरेको छ भने सहकारीको १५ प्रतिशत लगानी रहेको छ

कृषकलाई पहिलो गाँसमै ढुङ्गा
सूपर जोन स्थापनाको पहिलो वर्ष कृषकले आधुनिक प्रविधिको खासै प्रयोग गरेनन् । सिक्ता सिक्तै पहिलो वर्ष बित्यो । गएको वर्ष कृषकले चैते धान एक सय ५० बिगाहामा मात्र लगाएका थिए । तर, यस वर्ष कृषकले सात सय बिगाहमा लगाए । कषले प्रतिबिगाह एक सय मन भन्दा बढी फलाएका छन् । सुरुमा प्रतिमन आठ सय मूल्य पाउँदा कृषक खुसी थिए । तर, व्यापारीले बहाना बनाएर मूल्य घटाउँदा कृषक निरास भएको सह सचिव गणेशले बताए ।

सूपर जोनमा ड्रम सिडर, सिड ड्रिल, पावल ट्रेलर, थ्रेसर जस्ता मेशिन र आधुनिक प्रविधि प्रयोग उरी उत्पादन बढाउन थालेका कृषकले पहिलो वर्षमै धानको मूल्य पाउन सकेका छैनन् । सूपर जोनमा यस वर्ष चैते धान लगभग सात सय मन उत्पादन हुने अनुमान गरिएको छ । कृषकले २५ प्रतिशत मात्र धान काटेका छन् ।

के भन्छन् व्यवसायी ?
झापामा पाँच वटा चाम मिलसँग मात्र चैते धान सुकाउने ड्रायर छ । त्यस मध्ये धाइजनको सूर्य एग्रोले चैते धानको चाम नै उत्पादन गर्दैनन् । साना मिलको क्षमता धेरै नहुने भएकाले मूल्य निर्धारणमा उनीहरुको खसै भुमिका नहुने व्यवसायीको भनाई छ ।
गणेश एग्रो भद्रपुरका संचालक उज्वल श्रेष्ठले कृषकले चैते धानको एकनासले मूल्य पाउन सक्ने अवस्था नहुने बताए । उनले कृषकले भने जस्तो धानको मूल्य धेरै तल नझरेको बताए । उनले भने, आजको दिनमा राम्रो धान ७ सय ४० रुपैयाँसम्म भएको बताए ।
चैते धानको मूल्य निर्धारण गर्ने मुख्य आधार भनेको वर्षा भएको श्रेष्ठले बताए । उनले पानी परेपछि धानमा चिसोपन बढी हुँदा धान बिग्रने सम्भावना भएकाले मूल्य कम हुने बताए । बजारमा माग र आपूर्तिको अवस्था र वर्षा भइरहेमा धानको मूल्य कम हुने श्रेष्ठले बताए ।
माग र आपूर्तिकै आधारमा बिराटनगरका ठूला चामल मिलले निर्धारण गरेको मूल्यका आधारमा अन्यत्र पनि मूल्य निर्धारण हुने उनले बताए ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution