झापामा मोटरसाइकलको ठक्करबाट बालक घाइते

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

बिर्तामोड, जेठ ३१ । झापाको अर्जुनधारामा मोटरसाइकलले ठक्कर दिदा एक बालक घाइते भएका छन । घाइते हुनेमा अर्जुनधारा नगरपालिका ६ बस्ने कर्णबहादुर सुनुवारका ती वर्षिय छोरा अनमोल सुनुवार रहेका छन ।

बालकलाई बुधबार साँझ अर्जुनधारा नगरपालिका ६ भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे २ प ८६८३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट टाउको र मुखमा गम्भीर चोट लागेको बालकको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । ठक्कर दिने मोटरसाईकल चालक तुलसीराम ढुङगेल प्रहरीको नियन्त्रणमा रहेका छन ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution