करिश्मा कपुरले अब बिहे नगर्ने

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २६ जेठ । सञ्जय कपुरसँग डिभोर्स गरेकी बलिउड अभिनेत्री करिश्मा कपुर यतिबेला अफेयरमा छिन् । उनको सन्दीप तोशनीवाला नामका विजनेसम्यानसँग चक्कर चलिरहेको छ । उनीहरुले चाँडै बिहे गर्न लागेको खबर केही समयअघि सार्वजनिक भएको थियो ।

तर, करिश्माका बुवा रणधीर कपुर भने छोरीले अब बिहे नगर्ने दावी गरेका छन् । एक अन्तरवार्तामा उनले सन्दीपसँग करिश्माको अफेयर रहेको कुरा पनि अस्वीकार गरे ।
उनी भन्छन्, ‘करिश्मा फेरि अर्को परिवार सुरु गर्न चाहन्न् । यो कुरा उनले मलाई भनिसकेकी छन् ।’

सन्दीप करिश्माको राम्रो साथी मात्र भएको रणधीरले बताए ।

‘उनीहरु एकसाथ ह्याङआउट गर्छन्, ठिक छ । तर यसको मतलब प्रेममा छन् भन्ने होइन,’ उनले भने ।

रणधीरले यसो भने पनि करिश्मा भने सन्दीपसँग बिहेको अन्तिम तयारीमा रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । सन्दीपले करिश्माको लागि मुम्बईको जुहू इलाकामा एउटा घर पनि किनिसकेका छन् ।

सन्दीप पनि डिभोर्सी हुन् । उनले आफ्नी पत्नी आश्रतिा मानसिक रोगी भएको भन्दै डिभोर्स केस फाइल गरेका थिए ।

करिश्माको भने २०१६ मा डिभोर्स भएको थियो । डिभोर्सपछ सञ्जयले बच्चाहरुको नाममा १० करोड रुपैयाँको ट्रस्ट बनाएका छन् । बच्चाको पढाईको खर्च पनि उनले व्यहोरिरहेका छन् । करिश्मा भने अहिले माइतीमै बस्दै आएकी छन् । उनी सार्वजनिक कार्यक्रमहरुमा निकै देखिन्छिन् । केही दिनअघि उनी नेपाल पनि आएकी थिइन् । उनी अहिले ४३ वर्षकी भइन् ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution