घरेलु मदिरा नष्ट

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ३० जेठ । महानगरीय प्रहरी परिसर काठमाडौँले ५० हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । परिसरले काठमाडौँका विभिन्न वृत्त तथा प्रभागबाट संकलन गरेको उक्त मदिरा आज नष्ट गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले काठमाडौँलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने उदेश्यले चालिएको कारबाहीमा उक्त मदिरा बरामद भएको बताए । “काठमाडौँका विभिन्न वृत्त र प्रभागबाट एक हप्तामा संकलन गरिएको मदिरा आज नष्ट गरेका हौँ,” उनले भने । “घरेलु मदिरा सेवनबाट अधिकांश आपराधिक क्रियाकलापहरु हुने भएपछि उक्त अपराधलाई न्यूनीकरण गर्न विशेष कदम चालेका छौँ । ”

घरेलु मदिरा सेवनका कारण आपराधिक क्रियाकलाप बढ्ने, शान्तिसुरक्षा एवम् अमनचयनमा खलल पु¥याउने, अशान्ति पैदा हुने, हिंसाका घटना बढ्ने भएकाले अवैध घरेलु मदिरा बरामद गरिएको परिसरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution