बिषादी मिसाएको आँप बजारमा, सावधान ! ज्यानै जाला

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

झापा, जेठ २० । भखरै मात्र आँपको सिजन सुरु भयो । जेठ दोस्रो साता देखि तराईका जिल्लामा पनि आँप बोटमानै पाक्न सुरु गरेको छ । तर ति आँप बजारमा नपुग्दै बैसाख मध्य देखिनै झापा सहित नेपाली बजारमा पहेंलै पाकेका आँप धमाधाम बिक्री भइरहेका छन् । हाल बजारमा पाइने आँप भारतीय बजारबाट भित्र्याइएका हुन् ।

आँप पाक्ने समय अगाबै ती आँपलाई ‘क्याल्सियम कार्बाइड’ भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरेर पकाइएको हुने र त्यसको मात्रा बढि भएमा मानव स्वास्थ्यमा गम्भिर असर पर्ने बिषादी मापन प्रयोगशाला प्रदेश १, बिर्तामोडका प्राविधिक बताउँछन् ।

अहिले बजारमा भित्रिएको भारतीय आँपमा ‘क्याल्सियम कार्बाइड’ भन्ने अखाद्य रासायनिकको मात्रा कम भेटिएको प्रयोगशालाकि कर्मचारी प्राविधिक सहायक अञ्जु आचार्य बताउँछिन् । ‘हामिले जेठ लागेपछि दुईपटक भारतबाट ल्याईएको आँपको परिक्षण गरेका थियो – प्राविधिक आचार्यले भनिन्, काबाईडको मात्रा अघिल्लो वर्षको भन्दा कम पयौँ ।’

उनले अहिलेको आँपमा कार्वाइड कम पाईएकाले केहि दिन राखेर खाए स्वास्थ्यलाई असर नगर्ने समेत बताईन् तर कार्बाड बाहेक अन्य बिषादी भने प्रयोगशालामा परिक्षण गरे नदेखिने उनको भनाई छ । ‘दुई पटक परिक्षण गरेको हो, यतिमात्रै कार्बाइडको मात्रा हो भने त असर गर्दैन, कार्बाड मात्र हामिले पत्ता लगाउने हो, उनले भनिन् – तर दैनिक ठुलो परिमाणमा आँप भित्रने हुँदा सचेत भने हुनुपर्छ ।’

आजकाल मान्छेका धेरै व्यवहार अप्राकृतिक बन्दै गइरहेका छन् । अमृतजन्य मानिने फलको राजा आँपजस्ता फलफूलहरु हानिकारक रसायनको प्रयोगले दिनदिनै विष बन्दैछन् । प्राकृतिक तवरले पकाउँदा अमृतजस्तो हुने आँप क्याल्सियम कार्बाइडजस्ता अखाद्य बस्तुमा पकाएर बिष बनाइन्छ ।

अहिले तराईका जिल्लामा भखरै मात्र आँप पाक्न थाले पनि बजार आँपमय भएको छ भने पुर्व पश्चिम राजमार्ग आसपासमा आँपको मात्रै व्यापार पनि बढेको उपभोक्ता बताउँछन् । ‘तराईको झापा सहित सप्तरी, सिराहामा त सडक छेउमा आँपका बोट धेरै देखिए अनि फलेको पनि छ, तर बोटमा आँप पाकेको छैन, फेदमा पाकेको आँपको बजार देखिन्छ् झापाका दृष्टि न्यौपानेले भनिन् ।’ पुर्व पश्चिम राजमार्गमा यात्रुहरुको लागि भारतबाटै ल्याएको आँप स्थानिय भन्दै बिक्रि गरेको उनले गुनासो गरिन ।

कार्बाइडमा पाइने क्याल्सिनोजेन भन्ने तत्वले क्यान्सर गराउन सक्ने चिकित्सकको भनाई छ । ‘भारतबाट आँप धमाधम भित्रिरहेको छ, हेर्दा पहेंलो देखिए पनि अखाद्य पदार्थ प्रयोग गरी पकाइएको हुन सक्ने भएकाले उपभोक्ता सचेत हुन जरुरी छ ।’ झापाका चिकित्सक रोहित यादबले बताए ।

नेपालमा उत्पादन भएका फलफूल, तरकारी, सुन्तला भारतीय बजारमा निर्यात गर्नुपरे क्वारेन्टाइन चेकजाँच भनेर गुणस्तरीय नभएको भन्दै रोक लगाउने गरेको छ । तर अखाद्य रासायनिक पदार्थ प्रयोग गरी पकाएको आँपका लागि नेपालले क्वारेन्टाइन चेक जाँच गर्ने हिम्मत जुटाउन नसक्दा नेपाली उपभोक्ताले कृत्रिम तरिकाबाट पाकेको आँप खान बाध्य भएको नेपाली उपभोक्ता गुनासो गर्छन ।

बजारभरी कार्बाइड हालेका आँप बिक्री भइरहे पनि आज सम्म बिषदी चेक गरी बढि भेटिएमा नस्ट गरेको रेकर्ड झापामा कतै भेटिदैन । नेपालको खाद्य ऐन २०२३, नियमावली २०२७ ले क्याल्सियम कार्बाइड प्रयोग गरी फलफूल पकाउन प्रतिबन्ध लगाएको छ ।

परीक्षण गर्दा ३५ प्रतिशत सम्मको मात्रा देखीएमा त्यसलाई खान योग्य मानिन्छ । त्यस्तै ३५ देखी ४५ प्रतिशत सम्म विषादीको मात्रा पाइएमा केही दिन राखेर पुन ३ देखी ४ दिन पछी जाँच गरी ३५ प्रतीशत भन्दा कम प्रतीशत पाइएमा खान योग्य हुने र ४५ प्रतीशत भन्दा धेरै विषादीको मात्रा पाइएमा उक्त तरकारी खान अयोग्य प्रमाणीत गरीन्छ ।

जानकारहरूका अनुसार आँप र केरा पकाउन प्रयोग गरिने क्याल्सियम कार्बाइडमा धातुजन्य आसेनिक, फस्फोरसको मात्र अत्यधिक हुने र त्यसले पानीसंँग प्रतिक्रिया गरी एसिटिलिन ग्यास उत्पादन गरी मानिसको स्नायु प्रणालीको तन्तु प्रभावित बनाउँछ । त्यसका नकारात्मक असरहरूमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्कको सेरेवलमा घात, आँखा, मृगौलालगायतमा असर पार्ने अनुसन्धानहरूले देखाएको छ ।

झापामा मात्र नभई नेपाल भरिनै बिषदी मिसिएको आँपले बजार ओगटि रहँदा नियन्त्रणका लागि कतै बाट केहि पहल भएको छैन । पुर्वको नाका काँकडभिट्टाको प्रयोग गरि दैनिक आधादर्जन भन्दा बढि ट्रकले आँप मात्र भित्राउने गरेको कृर्षिथोकको तथ्याङ्कले देखाएको छ ।

आँपको औषधीय गुण

टेक्सास एग्रिलाइफ रिसर्च सेन्टरका खाद्य वैज्ञानिकहरुले आफ्नो अनुसन्धानमा आँपलाई अन्य फलहरुको दाँजोमा स्तन क्यान्सरबाट बचाउ गर्नमा बढी फाइदाकारी मानेका छन् । यस्तै आँपलाई छालाको चाउरीपन रोक्न समेत प्रभावकारी मानिन्छ । आँपमा हानिकारक स्याचुरेटेड फ्याट, कोलेस्टेरोल तथा सोडियमको मात्रा निकै कम हुन्छ । साथै यसमा फाइबर, भिटामिन बी, भिटामिन ए तथा भिटामिन सी प्रसस्तै पाइन्छ ।

आप खानुका अनेक स्वास्थ्यबर्धक फाइदा छन् । निकै दुब्लो तथा ख्याउटे भएकाहरुका लागि पनि आँप लाभदायक हुन्छ र यसले वजन बढाउन समेत सहयोग गर्छ । आँपमा पोटासियम, म्याग्नेसियम तथा कपर जस्ता खनिजका लवण पाइन्छ । साथै क्वारसिटिन, बिटाक्यारोटिन र एस्ट्राग्यालिन जस्ता शरीरलाई आवश्यक पर्ने पोषक तत्वहरु पनि आँपमा पाइन्छन् । यो एन्टीअक्सिडेन्टको पनि मुख्य श्रोत हो जसले शरीरमा कोषको क्षयिकरण रोक्छ र शारिरीक तन्दुरुस्ती बढाउँछ ।

आँपको नियमित उपभोगले हृदय सम्बन्धि रोग, छिटै बुढ्यौली देखिने समस्या, क्यान्सरजस्ता स्वास्थ्य समस्या कम गर्न सहयोग पुग्छ । आँपमा घुलनशील फाइबर पाइन्छ जसले रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्ने र ग्रन्थीमा हुने क्यान्सरबाट समेत बचाउँछ । अपच तथा अम्लीयपना जस्ता समस्या हटाउन पनि आँपको सेवन लाभदायक हुन्छ । गर्भवती र रक्तअल्पता भएका विरामीहरुले आँप खानु फाइदाजनक हुन्छ ।

विष बन्दैछ अमृत

आँप, केरा, मेवा, अम्बाजस्ता फल नपाक्दै छिपिएपछि टिपिन्छ भने अंगुर, सुन्तला, ऐसेलुजस्ता फल रुखमै पाकेपछि टिपिन्छ । आँपजस्ता काँचै टिपिने फल टिपिसकेपछि आफै पाक्छन् जसको प्रमुख कारण तिनमा उत्पादन हुने एथिलिन ग्यास हो । एथिलिन ग्यासले फललाई बिस्तारै पकाउछ । कहिलेकाही यी फललाई छिटै पकाउनु पर्दा कपडा, बोरा, भुस आदिमा गुम्साइन्छ जसले गर्दा एथिलिन ग्यास हावामा फैलिएर जान पाउँदैन र चाँडै पाक्छ ।

तर, आजकाल मान्छेका धेरै व्यवहार अप्राकृतिक बन्दै गइरहेका छन् । अमृतजन्य मानिने फलको राजा आँपजस्ता फलफूलहरु हानिकारक रसायनको प्रयोगले दिनदिनै विष बन्दैछन् । प्राकृतिक तवरले पकाउँदा अमृतजस्तो हुने आँप क्याल्सियम कार्बाइडजस्ता अखाद्य बस्तुमा पकाएर बिष बनाइन्छ ।

कतिपय देशमा कार्वाइड तोकिएको मात्रामा हालेर फलफूल पकाउन पाइने र निर्धारित मापदण्डभित्र रहेर बेच्न पाइने कानुन पनि छन् । स्वास्थ्यमा धेरै नराम्रो असर पार्ने भएकाले विश्वका केही देशमा क्याल्सियम कार्बाइड हालेर पकाइएका फलफूल कडा प्रतिबन्धित छन् ।

कार्बाइडको असर

बोटमै बोक्रा ताछेर वा फल टिपिसकेपछि कार्बाइड राखेर आँपलाई जबर्जस्ती पकाउने गरिएको पाइएको छ । मात्राभन्दा बढी क्याल्सियम कार्बाइड हालेर पकाइएको फलफूलका धेरै नकारात्मक स्वास्थ्य असर हुन्छन् । रसायन राखेर पकाइएको आँप खाँदा पेट दुख्ने, वान्ता हुनेजस्ता समस्या आइ स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्छ ।

मुसामा गरिएको एक अनुसन्धानले कार्वाइडको सेवनले फोक्सो र मिर्गौलामा धेरै नकारात्मक असर पर्छ । क्याल्सियम कार्बाइडले पानीसँग प्रतिक्रिया गरी एसिटिलिन ग्यास बनाउछ जसले गर्दा मस्तिष्कमा अक्सिजनको मात्रामा असन्तुलन हुन जान्छ । मस्तिष्कमा अक्सिजनको मात्राको कमि हुँदा टाउको दुख्ने, आँखा धमिलो देखिने, रिँगटा लाग्ने, बोली लर्बराउने, सास फेर्न समस्या हुनेजस्ता असर देखिन्छन् ।

क्याल्सियम कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वाथ्यमा समेत घातक असर पर्छ । गर्भवति महिलाले कार्बाइड धेरै सेवन गर्दा गर्भ तुहिने र क्यान्सरसमेत हुने संभावना हुने क्यानेडियन वैज्ञानिकहरुले गरेको एक अध्ययनले देखाएको छ ।

कार्बाइडले शरीरमा भएको पानीसंग प्रतिक्रिया गरी एक प्रकारको क्षार बनाउदछ, जसबाट श्वासनली, घाँटी, आँखा र छालामा धेरै खालका समस्या देखा पर्छन् । धेरै मात्रामा खाँदा यसले आँखा पोल्ने, पाक्ने गराउनुका साथै अन्धो पनि बनाउन सक्छ ।

भारतमा गरिएको एक अध्ययनअनुसार ३५ प्रतिशत क्याल्सियम कार्बाइड भएको हावामा २५ सेकेन्ड मात्र बस्दा पनि असर देखाउछ । एक मिनेट बस्दा संक्रमण गर्छ भने ५ मिनेट बस्दा बेहोस बनाउछ र मृत्यु पनि हुनसक्छ ।

कार्बाइड राखेको कसरी चिन्ने ?

क्याल्सियम कार्बाइड हालेर पकाइएका फलफूल सजिलै चिन्न सकिन्छ । यदि केराको एउटै काइयोमा सबै कोसा एकनासले पाकेका र अन्य फलफूमा पनि बोक्राको सबै भाग एकनासले पहेलो हुने गरी पाकेको छ भने त्यसमा कार्बाइड हालेको हुनसक्छ । किनकी प्राकृतिक रूपमा फलफूल प्राय सबैतिर एकनासले पाक्दैनन् ।

आँप, केरा, अंगुरजस्ता फलफूल भेट्नामा अप्राकृतिक कालो दाग छ भने त्यसले कार्बाइड हालेको संकेत दिन्छ । हेर्दा पहेलो, खाउँखाउँ लाग्ने फलफूल पनि छाम्दा साह्रो र कम बासनादार हुन्छन् । त्यसको कारण पनि कार्बाइड हुनसक्छ ।

नेपालको कानुन

नेपालको खाद्य नियमावली २०२७ को नियम १९ ९घ० मा स्पष्ट रुपमा कार्बाइड ग्यास ९इसिटिलिन ग्यास० ले कृत्रिम रूपबाट पकाइएका फलफूल बिक्री गर्न नपाइने भनिएको छ । अर्थात नेपालको खाद्य ऐनले यसरी कृत्रिम रुपमा पकाइएका आँपजस्ता फलफूल बजारमा बेच्न प्रतिबन्धित गरेको छ ।

तर, यस्ता हानिकारक रसायनको प्रयोग अन्धाधुन्द भैरहेको छ र सरोकारवाला सरकारी निकाय थाहा नपाए झैं गरिरहेको छ । हाम्रोजस्तो साह्रै फितलो अझ भनौ निकम्मा नियमन प्रणाली र नियमनकारी निकाय भएको मुलुकमा अनियन्त्रित रुपमा कार्वाइड हालेर पकाइएका आँपहरुले बजार ढाकिरहेका छन् ।

विभिन्न तथ्यांक हेर्दा नेपाल, भारत, पाकिस्तानजस्ता मुलुकका बजारमा यस्ता रसायनको प्रयोेग गरी पकाइएका फलफूल बढी पाइन्छ ।

अब के गर्ने त ?

सकेसम्म कार्बाइड हालेका खानेकुराबाट टाढै रहनु सबैभन्दा राम्रो हुन्छ । बाध्यतावश खानैपर्ने भए पनि केही समय पानीमा डुबाएर बोक्रा ताछेर मात्र खानुपर्छ । आँप खाँदै हुनुहुन्छ भने भेट्नो तर्फ अलिकति काट्नुस् र आधा घण्टासम्म पानीमा डुबाइदिनुस् । यसो गर्दा हानिकारण बिष पानीमा जान्छ । त्यसपछि निकालेर बोक्रा फालेर राम्रोसँग पखालेर खान सकिन्छ ।

सरोकारवाला सरकारी निकायले कडा नियमन गर्ने, कृषि उत्पादनमा सुरुदेखि नै असल उत्पादन, भण्डारण तथा प्रशोधन प्रविधिको विकास गर्ने र उपभोक्ता आफैँ सचेत हुने हो भने मात्र हाम्रो खाद्य बजार स्वच्छ बन्न सक्छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution