‘बोबी’ हेर्दा नर्वे घुम्ने अवसर

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३१ जेठ । असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘बोबी’ ले दर्शकको ध्यान तान्न गज्जबको पब्लिसिटी फण्डा अपनाएको छ । उमेश थापा र कविता गुरुङ अभिनीत तथा यही कपलको रियल लभस्टोरीमा निर्मित यो फिल्म हेर्ने दर्शकले नर्वे घुम्न पाउने भएका छन् ।

निर्माण टिमले अगाडि सारेको प्याकेज अन्तर्गत ‘बोबी’ हेरेका दर्शकले टिकटमा आफ्नो नाम लेखि, त्यसको फोटो खिचेर ‘बोबी’ को आधिकारिक फेसबुक पेजमा पठाउनु पर्नेछ ।

उपलब्ध भएका फोटोलाई फेसबुक लाइभ मार्फत् गोलाप्रथाको माध्यमबाट विजेता घोषणा गरिनेछ । भाग्यशाली दर्शकले आफ्नो जोडीसँगै ‘बोबी’ को जन्मघर पोखरा, कर्मघर ललितपुर हुँदै कर्मथलो नर्वेसम्मको यात्रा गर्न पाउनेछन् ।

यस फिल्मका निर्देशक मिलन चाम्स हुन् । निर्माता पनि उनी स्वयम हुन् । उमेश र कविताका अलावा फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् ।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘बोबी’ मा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन, अर्जुन जीसीको सम्पादन छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution