नेपाली भूमि भारतीयको कब्जामा (हेर्नुहोस भिडियो)

तारामणि सापकोटा

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

झापा, ३१ जेठ । झापा कचनकवल गाउँपालिका ४ पोक्लावाङको दश बिगाह भन्दा बढी जमिन भारतीयले कब्जा गरेका छन् ।

स्थानीय रुपणी नदीले धार परिवर्तन गरपछि भारतीयले नेपाली जमिन कब्जा गरेका हुन् । स्थानीय रुपणी नदी पूर्व पश्चिम भएर बगेको स्थानमा उत्तर तर्प धार परिवर्तन भएपछि नदी दक्षिणको जमिन भारतीय नागरिकले कब्जा गरेका हुन् । नदी नै सीमा हो भन्दै नेपालको दश बिगाह भन्दा बढी जमिन वर्षै देखि भारतीयले जोतभोग गरेको स्थानीय मोहनप्रसाद राजवंशीले बताए । उनले भने, हरेक वर्ष नदीले उत्तर तिर कटान गर्दा नदी उत्तर तिर सर्ने गर्दछ, दक्षिण तिरको जमिन उनीहरुले नै जोतभोग गर्छन् ।

नदीको धार भन्दा लगभग चार सय मिटर दक्षिणमा सीमा पिलर र जंगे पिलर छ तर भारतीय नागरिकले जवरजस्ती जमिन जोतभोग गरेको राजवंशीले बताए । उनले आफ्नो लगभग सात बिगाह जमिन भारतीयले जोतभोग गरेको उनको भनाई छ । तिन दशकदेखि भारतीय पक्षले जमिन जोत्न नदिएको स्थानीयको भनाई छ ।  आफ्ना पिताले जमिन भारतीय पक्षले जोतन नदिएको त्यस बेला नेपालका प्रहरीलाई जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको राजवंशीले बताए ।

नेपाल र भारत संयुक्त सीमा टोलीले नदी कटान तथा सीमा अवलोकन गरेको थियो । त्यस बेला सर्वेमा आएका भारतीय कर्मचारीले सीमा भन्दा उत्तरको जमिन नेपालको हो, तपाईहरुले आफ्नो जमिन भोग गर्नसक्नु हुन्छ भनेका थिए । तर, स्थानीय भारतीय नागरिकले दिएनन्( स्थानीयको भनाई छ ।

भारतीय पक्षले नियन्त्रणमा लिएको जमिन नेपालको सबैभन्दा होचो स्थान कचनकबल स्तम्भबाट लगभग डेढ किमी उत्तर पूर्वमा पर्दछ । स्थानीय दुर्गा थापाले पहिला पहिला नेपालीले बाली लगाउने, पछि भारतीयलाई कमाउन दिने हुँदा हुँदै उनीहरुले नै जोतभोग गर्ने अवस्था आएको बताए । सुरुमा बगर थियो नेपालीले भारतीयलाई कमाउन दिए , वर्षौ कमाएपछि उनीहरुले नै नियन्त्रणमा दिएको स्थानीयको भनाई छ । बिरोध गर्दा भारतीयले आक्रमण गर्लान भनेर कतिपय स्थानीय खुलेर कुरा गर्ने चाहँदैनन् ।

भारतीय कब्जा गरेको नजिक नेपालको कुनै सुरक्षा पोष्ट छैन । ६ किमी पश्चिमको केचना बजारमा सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय रहेकोछ । उत्तरमा भद्रपुरको पृथ्वीनगरमा मात्र नेपाली सीमा सुरक्षा पोष्ट रहेकोछ ।

 

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution