वनरक्षक शाहीलाई शहीद घोषणा गर्न माग

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

ताप्लेजुङ, जेठ ३१ । ताप्लेजुङका कर्मचारीहरुले दुई वर्षअघि हत्या गरिएका वनरक्षक गणेशबहादुर शाहीलाई शहीद घोषणा गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । कर्मचारीहरुले निजामति कर्मचारीको तलब वृद्धि र वृति विकाससँग सम्बन्धित २२ बुँदे माग समेत सरकारसँग गरेका छन् ।

निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन ताप्लेजुङले सदरमुकाम फुङ्लिङमा आयोजना गरेको कार्यक्रममा सरकारसमक्ष विभिन्न २२ बुँदे माग अघि सारिएको ट्रेड युनियन ताप्लेजुङका कोषाध्यक्ष पारस न्यौपाने जानकारी दिनुभयो । न्यौपानेले कर्तव्य पालनाकै क्रममा हत्या गरिएका वनरक्षक शाहीलाई निजामति शहीद घोषणा गर्न सरकारले आलटाल गरेको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण गरेको बताउनुभयो ।

यस्तै निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष रामचन्द्र नेपालले कर्मचारीहरुसँग सम्बन्धित कार्यक्रममा सहभागी हुने ट्रेड युनियनका पदाधिकारीलाई काजको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहबहादुर जिसी, नेपाल निजामति कर्मचारी सङ्गठनका योगेश्वर भट्टराई, राष्ट्रिय निजामति कर्मचारी सङ्गठनका डम्बर श्रेष्ठ र पत्रकार महासङ्घका पूर्व जिल्ला अध्यक्ष खगेन्द्र अधिकारी लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution