आकासियो उपभोग्य वस्तुको भाउ

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, जेठ २८ । व्यवसायीले आफूखुसी उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका छन्। व्यवसायीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको भोलिपल्टदेखि नै विभिन्न प्रकारका उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका हुन्।

थोक बिक्रेताले सरकारले बजेटमार्फत करको दायरा बढाएको तर्क गर्दै चामल, खानेतेल, दाल, गेडागुडी, चिनीलगायत वस्तुको मूल्य वृद्धि गरेका छन्। करसम्बन्धी आएको नयाँ नीति आगामी साउनदेखि कार्यान्वयनमा आउनेछ।

नेपाल खुद्रा व्यापार संघका अनुसार बजेट आएपछि थोक बिक्रेताले प्रत्येक दैनिक उपभोग्य वस्तुको मूल्य १० देखि एक सय ५० रुपैयाँसम्म वृद्धि गरी सामान बजारमा पठाएका छन्। थोक बिक्रेताले सबै प्रकारका खाने तेलमा प्रतिलिटरमा १५ देखि २० रुपैयाँ मूल्य बढाएका छन्।

बजेटअघिसम्म एक सय १५ रुपैयाँ मूल्य रहेको सोयाबिन (भटमास) को तेलको मूल्य अहिले एक सय ३० रुपैयाँ पु¥याइएको छ। यस्तै एक सय २० रुपैयाँमा पाइने सनफ्लावरको तेलको मूल्य एक सय ३५ मा पुगेको छ। एक सय २० रुपैयाँको तोरीको तेलको मूल्य वृद्धि गरी एक सय ४० पु¥याइएको छ। यसैगरी प्रतिकिलो एक सय १५ मा बिक्री भएको वनस्पति घिउलाई अहिले एक सय ३५ रुपैयाँ कायम गरिएको छ।

संघका अनुसार बजेटमा करको दायरा बढ्दैछ भनेर उद्योगीलाई पहिलेदेखि थाहा थियो। त्यही जानकारीका आधारमा खानेतेल उत्पादन गर्ने उद्योगीले बजेट आउनुपूर्व करिब डेढ सातासम्म उत्पादन गरेका तेल बजारमा नपठाएर उद्योगमै थन्क्याएका थिए। बजेट आइसकेपछि करको दायरा वृद्धि गरेको वहानामा उद्योगीले कार्टेलिङ गरी खाने तेलको मूल्य वृद्धि गरी पहिले नै उत्पादन भएको तेल बजारमा पठाएका हुन्।

‘थोक बिक्रेताले बजेटमा करको दायरा वृद्धि भएको बहानामा हामीलाई हरेक वस्तुमा १० देखि डेढ सयसम्म मूल्य वृद्धि गरी सामान उपलब्ध गराएको छ’, संघका अध्यक्ष पवित्र बज्राचार्यले भने, ‘थोकले जुन मूल्य हामीलाई उपलब्ध गराएको छ, त्यही मूल्यमा उपभोक्तालाई बिक्री गरेका छौं। थोक व्यवसायीका कारण बजेट कार्यान्वयनमा नआउँदै दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ।’ आजको अन्नपुर्ण पोस्ट् दैनिकमा खबर छ । 

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution