ताप्लेजुङमा पहिरो खस्दा स्काभेटर पुरियो, चालक बेपत्ता

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

ताप्लेजुङ, जेठ २२ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा पहिरो झर्दा बाटो खनिरहेको स्काभेटर र त्यसका चालक पुरिएका छन् ।

साविक खेजेनिम–३ देखि मामाङ्खे जाने सडक खन्ने क्रममा मंगलबार बेलुका साढे ६ बजे अकस्मात खसेको सुख्खा पहिरोले स्काभेटर चालकलाई पुरेको बताईएको छ ।

चालक पाँचथरकाे हिलिहाङ २ बस्ने कृष्णप्रसाद कटुवाल रहेको स्थानिय बताउँछन् । पहरामा बाटो खनिरहेको अवस्थामा माथिबाट पहरो फुटेर पहिरो आएको बताईएको छ । चालक कटुवाल सँगै रहेका सहचालक भने भागेर बाच्न सफल भएका छन् ।

खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी गइरहेको र पुगेपछि थप जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution