अपडेट : अझै भेटिएन ताप्लेजुङका बेपत्ता युवक, खोजिकार्य जारी

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

ताप्लेजुङ, असार १ । ताप्लेजुङमा एक युवा खोलाले बगाएर बेपत्ता भएका छन् । फुङ्लिङ नगरपालिका ९ हाङ्देवाको जनता माविबाट बिहीबार राति विश्व कप हेरेर सदरमुकाम फुङ्लिङतर्फ फर्कदै गरेका २६ वर्षीय समन राईलाई हाङ्देवा खोलाले बगाएर बेपत्ता बनाएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, सञ्चार शाखाका प्रहरी सहायक निरीक्षक पीताम्बर अधिकारीका अनुसार स्थानीय हाङ्देवा खोलाले बगाएर बेपत्ता बनेका राई इलाम जिल्ला घर भई हाल सदरमुकाम फुङ्लिङस्थित पाथीभरा मोटरसाइकल वर्कसपमा कार्यरत थिए । प्रहरीका अनुसार बिहीबार देखि सुरु भएको विश्व कप फुटबल प्रतियोगिता हाङ्देवामा हेरेर मोटरसाइकलमा फर्कँदै गरेका राईलाई मोटरसाइकलसहित खोलाले बगाएको थियो । मोटरसाइकलका पछाडि बसेका १८ वर्षीय खड्ग विश्वकर्मा भने उर्फेर बाँच्न सफल भएका प्रहरीले जनाएको छ ।

नम्बर नखुलेको मोटरसाइकल भने करिव ५०० मिटर तल पुरिएको अवस्थामा फेला परेको र बेपत्ता राईको अवस्था भने हालसम्म पत्ता लाग्न नसकेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता बिहीबार रातिको मुसलधारे वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले निक्कै क्षति पु¥याएको छ । मेची राजमार्गका विभिन्न ठाउँमा पहिरो झरेर सडक भत्काएको छ भने ग्रामीण क्षेत्रका अधिकांश सडकहरु पहिरोले अवरुद्ध बनाएको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । कतिपय ठाउँमा बस्ती नै जोखिम बनाएको भन्ने खबरहरु प्राप्त भइरहेका र अन्य तथ्याङ्कहरु सङ्कलन हुने कार्य भइरहेको प्रनाउ बस्नेतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution