Logo

धान सूपर जोनले कृषिमा परिवर्तन ल्यायो



झापा कचनकबल गाउँपालिकाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सूपर जोन कार्यालय स्थापना भएको दुई वर्ष भयो । आधुनिक ज्ञान र प्रविधिबाट कृषिमा परिवर्तन गर्ने उदेश्यले धान सूपर जोन स्थापना भएको हो । सूपर जोनले के गर्दैछ, कृषकको धान उत्पादनको अवस्थाका के छ लगायतका बिषयमा सजिलो खबर डट कमका सम्पादक तारामणि सपकोटाले कार्यालयका प्रमुख मेघनाथ तिमल्सिनासँग गर्नुभएको सम्वाद ः


सूपर जोन स्थापनाको मुख्य उदेश्य के हो ?
स्थापनाको मुख्य उदेश्य भनेको कृषिमा आधारीत अर्थतन्त्रबाट उद्योगमा रुपान्तरित भन्दा आधुनिक व्यवसायीक दिगो र प्रतिश्पर्धी कृषि बनाउने यसको उदेश्य हो । यसले मुख्य श्रृङ्खलाका उत्पादन देखि प्रशोधन बजारीकरणसम्म संलग्न हुने कृषक समूह, सहकारी, उद्यमी कृषक, कृषक र्फम, उद्योगपतिहरु सबैलाई सम्बोधन गर्ने किसिमले सरोकारवाला मन्त्रालय अन्र्तगतका जिल्ला स्थित कार्यालयहरुबाट कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।

यही मोडालिटी अन्र्तगत कार्यक्रमहरु अघि बढाएका छौँ । यसले मुख्य रुपमा हेर्दा कृषि उत्पादनको विशिष्टिकृत क्षेत्र निर्माण गर्ने, कृषिलाई नाफा मुलक बनाउने, कृषिमा यान्त्रिकीकरण गरेर उत्पादन लागत घटाउने, कृषिमा युवाहरुको आर्कषण बढाएर युवा मैत्री किसिमले खेती प्रविधिलाई अघि बढाउने हो ।

समूह र सहकारी संस्थाहरुले यति सिकाउनु पर्ने हो कि संथागत रुपमा स्वेच्छीक गर्नेहरुको धारणा अनुसार केही उदेश्यहरु प्रिपुर्ति गर्नका लागि बहुसरोकारवाला निकायहरु कृषिसँग सम्बन्धित, सिचाईसँग सम्बन्धित, उद्योगसँग सम्बन्धित, कृषि अनुसन्धानसँग सम्बन्धित कृषि विश्व विद्यालयमा अध्ययन गरिरहेकाहरुलाई इन्टानसिप गराउने, उद्योग निर्माणका कार्यहरु उद्योग कार्यलयहरुबाट गर्ने यो किसिमबाट मुलभुत रुपमा अघि बढेर अहिलेको अवस्थामा आइरहेका छौँ ।

सूपरजोन कसरी कार्यन्वयन हुँदैछ ?
२०७३ मा सुपरजोनमा सूचिकृत भएका कृषक समूह, सहकारी, उद्यमी कृषक, कृषि कम्पनि, व्यवसायीहरुबाट ९ सदस्य सुपरजोन सञ्चालक समिति निर्माण गर्ने व्यवस्था भए अनुसार गत बर्ष २०७३ माघमा सुपरजोन संचालक समिति ३३ प्रतिशत महिला सहित गठन भएर उसले माग गरेका चालु तथा पूजिँगत कार्यक्रम अघि बढाइएको छ ।

यो भनेको स्थानीय तहबाटै जिम्मेवारी लिएर कुनै पनि परियोजनालाई अघि बढाउँदा दिगो हुने, त्यहाँका आवश्यकता अनुसारका कार्यक्रमहरु सम्बोधन हुन सक्ने र प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजनाले मुलभुत रुपमा राखेका धानबालीमा ३÷४ बर्षमा आत्मानिर्भर हुनका लागि संथागत हिसाबको उत्पादन प्रशोधन र बजारीकरण हुन्छ भन्ने किसिमले संचालक समिति मार्फत अगाडि बढाइएको छ । संचालक समितिले सिचाँइ सम्बन्धि प्रावधानहरु, सिचाँइमा पनि नविनतम प्रविधि गत बर्षबाटै डिभिजन सिचाँइ कार्यालयको सहयोगमा सौर्य उर्जाको सुरुवात गरेका थियौँ ।

यस बर्षमा सुपर जोन कार्यान्वयन निकायबाट ५ वटा, डिभिजन सहकारी कार्यालयबाट ५ वटा सम्पन्न भइरहेको छ भने उल्लेख भएका २ वटा सैर्य सिचाँई निर्माणाधिन अबस्थामा रहेका छन् । यसरी हेर्दा संस्थागत किसिममा स्थानीय तहकै कृषिमा आवद्घ भएका संस्था, समूह र उद्यमिहरुबाट अगाडी बढाइएकाले भएकोले पक्कै पनि जवाफदेहिता जिममेवारी हुन्छ भन्ने किसिमले अघि बढेको छ । र जो समूह, सहकारी, उद्यमी कृषक, कृषक फर्महरुमा आवद्घ हुनुहुन्छ उनीहरुलाई यन्त्रमैत्रि किसिमबाट धान खेती कसरी गर्ने, धानको कटानी र थ्रेसिङ्मा यन्त्रलाई अझ बढि प्रभावकारी कसरी गर्ने, संचालक समिति, कृषक समूह, सहकारी, उद्यमि कृषकहरुले मेशिनरी सेवामा ५० प्रतिशत अनुदान पाउँने भइसकेकोले अन्य कृषकहरुले पनि सैलियत दरमा मेशिनरी सेवा अर्थात् मेशिनरी औजार उपकरण पाएर उत्पादन लागत घटाउन अभिप्रेरित हुने र यहाँ प्रचलित स्थानीय जातहरु निक्कै पुराना जातहरु, केहि भारतीय जातहरु लोकप्रिय छन् ।

नेपालबाट सिफारिस गरिएको जातहरुलाई अघि बढाउने र त्यसको क्षेत्र विस्तार गर्ने क्रममा गतबर्षबाट अहिलेसम्म हेर्दा बोरे धानमा, चैते धानमा र बर्षा यामको नर्मल धानमा विभिन्न किसिमका नयाँ जातहरुमा पनि केहि किसानहरुको आर्कषण बढेको छ । यद्यपि कुनै पनि जात ठुलो परिणाममा उत्पादन भयो भने त्यसको मिलिङ्ग र बजारीकरण सहज हुने भएकाले मिल संचालकहरु उद्योगीहरुले पनि कुनै एउटा निश्चित जातको, निश्चित क्वालिटिको, निश्चित साइजको धान ठुलो परिणममा उत्पादन भएपछि मिलिङ्ग गर्नको लागि पनि उनिहरुले ब्राण्ड गरेर अघि बढ्न सक्ने उनीहरुले बताएका छन् ।

यस क्षेत्रका कृषकलाई सिचाई, मल र उपकरणको कस्तो सुबिधा दिईएको छ ?
अहिले आएर कृषकहरुमा सैर्य सिचाँइमा अलि बढि आर्कषण भई रहेको छ । समूह, सहकारीले संचालक समितिलाई आवद्घ हुनुभएका र सम्भाव्य क्षेत्र विस्तार गर्न सकिने ठाउँहरुलाई समेत अगाडि बढाउन किसमिले अगाडि बढेको छ । गर्तबर्षको मुल्याङ्कन गर्दा हामिले विद्यालयलाई १० लाख रुपैँया सहयोग गरेका थियौँ । त्यहाँबाट पढ्दै गरेका भाईहरुको प्रफोमेन्स राम्रो छ ।

उनीहरु बाहिर गएर पनि व्यवसायिक खेतीमा रोजगार भइसकेका छन् । जैविक विषदि अब हामी प्राङ्गारिक उन्मुख हुनुपर्छ, रासायनिक विषदिको प्रयोगले बढ्दो असर भएकोले श्री आईपिएल कृषि सहकारी संस्था लिं. तत्कालिन दुग्धाछि संस्था अहिले कमल गाउँपालिका अन्र्तगतको सहकारीलाई सहयोग गरेका थियौँ । प्रयोगशाला भवन निमार्ण गर्न हामिले सहयोग गरेका थियौँ अहिले कमल गाउँपालिकाले समेत सो प्रयोगशाला र प्रङ्गरीक गर्ने किसिमले प्राङ्गरिक मल उत्पादनमा सहयोग गरेकोले थोरै भएपनि सानो स्थरमा भए पनि केहि परिवर्तका संकेतहरु देखिएको छ ।

यद्यपि युवाहरु कृषि पेशामा आवद्घ हुन नसकि वैदेशिक रोजगारीबाटै जिविकोपार्जन सहज हुने र क्रयशत्ति बढेको र हामी नेपालीहरु अलि अल्छि भएकोले सोचे जस्तो गति लिदैनकी भन्ने छ । तर किसानहरुमा जुन उत्साहा देखिएको छ जुन गर्तबर्ष डेढ सय विघामा रोपिएको धान अहिले ७ सय विघा भन्दा धेरैमा रोपिएको छ । र सुरुमै जेठको पहिलो हप्तामा कटानी भएको धान मुल्य ८ सय रुपैँया प्रतिमन कायम भएको थियो र त्यो राम्रौ थियो ।

नयाँ प्रविधिको प्रयोग कसरी भईरहेको छ ?
सूपर जोन क्षेत्र अन्तर्गत प्रविधि प्रयोगलाई विश्लेषण गरेर हेर्दा परियोजनाको उदेश्य भनेको दिगो रुपमा कृषि विकास हुनुपर्छ भन्ने हो । यस सन्दर्भमा माटोको उर्भरा शक्तिको कमी भएको, माटोमा अम्लीयपना बढेको, माटोमा प्राङ्गरिक पदार्थ ४÷५ प्रतिशत हुनुपर्नेमा १ प्रतिशत भन्दा कम भएको अवस्था छ । माटो जुन किसिमले जोताई गनुपर्ने र मलखाद हालेर राम्रो वातावरण बनाउँदै औजारहरुको सहि किसिमले प्रयोग हुन पर्ने हो त्यो भइरहेको छैन ।

यद्धपी सबै कृषकले ट्याक्टर प्रयोग गर्नुहुन्छ, त्यसमा माटो परिक्षण गर्नुपर्ने, माटो जाँच गनुपर्ने, कृषि चुना प्रयोग हुन थालेको छ । हालसम्म १०० मेट्रिकटनभन्दा बढि सुपरजोन क्षेत्रमा कृषि चुना प्रयोग भएको छ । यसमा सूपर जोनले ५०% अनुदान प्रदान गरिएको छ । कृषकहरुले प्राङ्गरिक मल बनाउन गोबर र गौतको सहि सदुपयोग गर्न भकारो सुधार गर्ने र प्राङ्गरिक पदार्थ बढाउने, बाली नै लगाएर (हरियो मल भनिन्छ) घन्सि र सनहि धेरै किसानले लगाएर माटोमा प्राङ्गरिक पदार्थ र उत्पादन तत्व बढाउन खाद्यतत्वथप्ने काममा अघि बढ्नु भएको छ । प्रविधिका हिसाबमा किसानले लगाइरहेको प्रचलित जातका धानको गुणस्तरिय बिउ भयो भने बढि बनाउन सक्छौँ भन्नु भएको छ ।

हामीले नेपालबाट सिफारिस जातलाई अगाडि बढाएर अघि बढेका छौँ, भने चैते सिजनका लागि हर्दिनाथ १, हर्दिनाथ ३, चैते ५ रामा्रे भएका छन् । केहि विभिन्न जातहरु हामीले राष्ट्रिय धानवाली अनुसन्धान केन्द्र हर्दिनाथबाट ल्याएर सानो प्लटहरुमा परिक्षण गरिरहेका छौँ, र ति १० वटै जातहरु रामो्र छ । त्यसमध्ये किसानहरुले १ र २ वटा जातहरु लिन सक्नुहुन्छ । यस क्षेत्रमा रासायनिक मलमा युरिया र डिएपी मात्र प्रयोग भइरहेकोमा अब पोटासको पनि सन्तुलित प्रयोग गरेर बाली बिरुवाको सन्तुलित विकास र वृद्घि गरेर उत्पादन गर्नुपर्छ । माटोलाई पनि रामो्र गर्छ ।

रासायनिक मलको पहिलेबाटै प्रयोग भइरहेको यद्यपि धानमा रासायनिक औषधिको प्रयोग गर्दा मौसमले पनि साथ नदिने र किसानले रोग र किराको सहि पहिचान गर्न नसकिरहेको अवस्थामा रोग र किराको केहि हदसम्म पहिचान गर्न सक्षम भएका छन्, र धान खेतीमा बढि मात्रामा क्षति पु¥याउने गबरो किराको लागि पासोको रुपमा समेत पासोहरुको प्रयोग गर्नुभएको छ । यन्त्रको हिसाबले कुरा गर्दा धान रोप्न, धान काट्न, बारी बनाउन, थे्रसिङ गर्न त पहिले देखि नै यि कामहरुमा समेत मेशिनहरु प्रयोग गर्दाखेरि उत्पादनमा केहि लागत कम भएको छ । पथरिया, केचना तषा अन्य ठाउँका केहि युवाहरु मेशिनहरुबाट खेती प्रविधि अघि बढाउन निकै नै उत्सुक भएका छन् । बढाइ पनि रहेका छन् । यो हेर्दा समग्रमा प्रविधि प्रति आकर्षण आएको छ ।

यद्यपि बजार मुल्य र बिक्रिमा केहि कठिनाइ हुने र ठिक वर्षा सिजनमा चैते धानवाली तयार भएकाले किसानले गर्न गाह्रो भइरहेको छ । यस क्षेत्रको जमिन पनि थेग्न सक्ने अर्थात् एकचोटि पानी लगाएपछि ५÷७ दिनसम्म रहने भएकाले किसानको प्रचलित तरिकालाई नै जोड दिन मंसिरमा ब्याड राख्ने र माघमा रोप्ने, हिउदमा रोप्ने धान ( बोरो ) धान जुन छ त्यसलाई अगाडि बढाउन सकियो भने उत्पादन फड्को मार्न सक्छ ।

मुल्यको अवस्था के छ ?
सुरुमा काट्नेहरुले ८ सय रुपैँया प्रतिमन पाएका छन् । पछिल्लो समय मिलकोे ड्राइङ्ग क्षमता नभएकाले एकैचोटी उत्पादन भएजति परिमाण लिन सकिरहेको छैन । स्वभागिक रुपले उत्पादन बढि भएपछि मुल्य कम भएको छ । किसानहरुले ७ सय, ७ सय भन्दा कममा पनि मिलको क्षमताले नलिदिएकोमा समस्यामा हुनुहुन्छ । मुल्य भनेको राष्ट्रिय अन्तराष्ट्रिय हिसाबको कुरा हो । हामी कृषि प्राविधिकहरुले योजना बनाएर कुन समयमा कुन जातको उत्पादन गर्दा बजार मुल्य राम्रो पाइन्छ भनेर गइन्छ । देशको सानो क्षेत्रमा धान उत्पादन हुदा समेत नदिरहेकोमा ठुलो मात्रामा धान खेती गर्दा बिक्रि गर्न गाह्रो हुने अवस्था देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्