Logo
  चैत्र १५, २०८० बिहीबार

झापामा सवारी दुर्घटना, ११ महिनामा ९३ को मत्यु



बिर्तामोड, साउन १ । सवारी दुर्घटनामा परी गएको ११ महिनामा झापामा मात्रै ९३ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा झापामा १६ जना महिला सहित ९३ जनाको मृत्यु भएको हो । प्रत्येक वर्ष सवारीको चाप बढ्नु, सडकको स्तरोन्नति नहुनु र तीव्र गतिका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले बताएको छ ।

अधिकांश दुर्घटना पूर्व – पश्चिम राजमार्गको पूर्व मेची नदीदेखि पश्चिमको मावा खोलासम्मको ५५ किलोमिटर दमकस्थित क्याम्पसमोड, पाडाजुँगी, डूँडामारी, माईधार, जुकेकल्भर्ट, लक्ष्मीपुर, रामचोक, वुट्टावारी र धाइजनमोड सडकखण्ड रहेको ट्राफिक प्रहरीको तथ्याङ्क छ । ट्राफिकले यो क्षेत्रलाई बढी सवारी दुर्घटना हुने स्थल (ब्ल्याकस्पर्ट एरिया) को रुपमा घोषणा गरेको छ । यसरी निरन्तर सवारी दुर्घटना बढ्दो देखिएपछि दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले गति मापन यन्त्र (¥याडरगन) को प्रयोग सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले संयमता नअपनाई तीव्र गतिमा सवारी चलाउने कारण नै बढी दुर्घटना हुने गरेको बताउँदै ‍¥याडरगनको प्रयोग सुरु गरिएको बताए । उनले अब देखि ¥याडरगनले सवारीको ‘स्पिड’ मापन गरिने र नियम उल्लंघन गरेको पाइए ‘अज द स्पर्ट’ कारवाही गरिने बताए ।

ट्राफिक प्रहरीले अहिले पूर्व – पश्चिम राजमार्गको ५५ किलोमिटर सडक खण्डको विभिन्न स्थानमा चेकजाँच सुरु गरेको छ । विशेष गरी बढी दुर्घटना हुने क्षेत्रमा ट्राफिक प्रहरीले चेकपोष्ट नै खडा गरेर दुर्घटना न्यूनीकरणका लागि अभियान सुरु गरेको प्रहरी निरीक्षक राईले बताए ।

झापामा सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल नै पर्ने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याक अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा ८७ वटा मोटरसाइकल दुर्घटना भएका थिए । त्यस्तै २०७२÷०७३ मा १ सय ५७ र आर्थिक वर्ष २०७३÷०७४मा १ सय ३७ वटा मोटरसाइक्ल दुर्घटनामा परेको ट्राफिकको तथ्याङ्क रहेको छ ।

त्यसैगरी चालू आर्थिक वर्ष २०७४÷०७५मा १ सय १६ वटा मोटरसाइकल दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक डीएसपी कृष्ण प्रसाईले पूर्व क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरणका लागि ¥याडरगनको प्रयोग सुरु गरिएको बताए ।

उनले सडकको अवस्था हेर्दा प्रतिघण्टा ८० किलोमिटर भन्दा बढी गतिमा सवारी चलाउन नपाइने तर, त्यो भन्दा बढी गतिमा चलाउने गरेको बताए । अब देखि कसैले नियम उल्लंन गर्दै सवारी चलाएको पाइए तत्काल कारवाही हुने समेत उनले दावी गरे । बढ्दो सहरीकरणका कारण मानिसको भिडभाड बढी हुने भएकाले यहाँको सडकमा सवारीको गति ६० किलोमिटर प्रतिघण्टको दरमा हुनु पर्ने समेत उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्