Logo

झापाका कैदी बन्दीलाई मनोज गजुरेलले हँसाए



झापा, १४ असोज । सिस्नो पानी नेपालले झापा कारागारका कैदी बन्दीलाई आज पेट मिचिमिची हँसाएको छ । आन्तरिक मामला तथा कानुन मन्त्रालयको आयोजनामा सिस्नो पानीले गरेको मानवअधिकार प्रबद्र्धन कार्यक्रम अन्तर्गत मनोरञ्नात्मक हाँस्यव्यङ्ग्य कार्यक्रम गरेको हो ।

सिस्नो पानीका उपाध्यक्ष तथा हाँस्य कलाकार मनोज गजुरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मको क्यारिकेचर गरे । उनले कविता, चुट्कीला, मुक्तक, कथाबाट कैदी बन्दीलाई हँसाए । सिस्नो पानीका अध्यक्ष तथा हाँस्य कलाकार लक्ष्मण गाम्नाङ्गेले पनि कवितात्मक शैलीबाट हँसाए । उनका कविता र चेट्कीलाबाट कैदी बन्दीले राम्रो मनोरञ्जन लिए ।

गायक शिशिर योगीको यो देशमा एउटा मानिस खोजी रहेको छु भन्ने राष्ट्रिय गितको प्रस्तुतीबाट कार्यक्रमको शुभारम्भ भएको थियो । गायक योगीले कार्यक्रमको अन्त्यमा पनि कर्णप्रिय गित गाएका थिए ।

सिस्नो पानीका महासचिव टंक आचार्यले कमेडीशैलीबाट कार्यक्रम संचालन गरेका थिए । कविता, चुट्कीला र कथा सुनाउँदै हँसाउँदै संचालन गरेको कार्यक्रम मनोरञ्जनपूर्ण थियो ।

कार्यक्रममा योग तथा स्वास्थ्यका बारेमा सुभाष वरालले र मानवअधिकारका बिषयमा इन्सेक क्षेत्रीय कार्यालय बिराटनगरका प्रमुख सोमराज थापाले मनतव्य व्यक्त गरेका थिए । कार्यक्रममा कैदी बन्दीले पनि गित तथा नृत्य प्रस्तुत गरेका थिए । बन्दी रमेश पोखरेलले कविता वाचन गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेश सांसद बसन्त बानियाँले शुभकामना व्यक्त गरेका थिए । झापा कारागारमा ३ सय ५० जना कैदी बन्दी राख्ने क्ष्मता भएपनि पुरुष ९ सय ४२ जना र महिला ९० जना गरी १ हजार ३२ जना रहेका छन् ।

फोटो फिचरः

कार्यक्रममा सहभागि कैदी बन्दी
हाँस्य कलाकार मनोज गजुरेल
गायक शिशिर योगी
सिस्नो पानीका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे
योग तथा स्वास्थ्य प्रशिक्षक सुभाष वराल
कैदी बन्दीको नृत्य

प्रतिक्रिया दिनुहोस्