Logo
  चैत्र ६, २०८० मंगलबार

पत्रकार सम्मेलनको खामले पत्रकारिता झ्वाम, खामका विरुद्ध पत्रकार महासंघ



झापा, १० मंसिर । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणका नाममा प्रदान गरिने कुनै उपहार, नगद वा अन्य खर्च नलिन झापाली पत्रकारलाई आह्वान गरेको छ ।

महासंघ झापा शाखाको आज बिर्तामोडमा बसेको बैठकले पत्रकार सम्मेलनमा दिइने खर्च असान्दर्भिक र बिकृत रुप लिएकाले त्यस्तो खर्च नलिन पत्रकारलाई आह्वान गरेको हो । बैठक पछि अध्यक्ष तारामणि सापकोटा र सचिव सन्तोष आचार्यले जारी गरेको विज्ञप्तिमा पत्रकार मम्मेलनमा दिइने खर्चले समाचार नै नहने विषय समाचार बन्ने र वास्तविक समाचार, समाचार नबन्ने अवस्था विकास हुँदै गएकोमा चिन्ता व्यक्त गरेको छ ।
विज्ञप्तिमा पत्रकार सम्मेलनमा दिइने खर्च व्यावसायिक पत्रकारिताका लागि घातक मात्र होइन, सिर्जनशील पत्रकारिताका लागि अवरोधक पनि हो भन्ने निश्कर्ष निकालेको छ ।
महासंघ झापाले पत्रकारिता स्वच्छ, मर्यादित, स्वतन्त्र र व्यावसायिक बनाउने जिम्मेवारी नागरिक समाज, संघ, संस्था, सरकारी निकाय सबैको साझा भएकाले पत्रकार सम्मेलन आयोजना गर्दा वा समाचार प्रसारणका लागि कुनै उपहार, खर्च वा भत्ता वितरण नगर्न आह्वान गरेको छ ।
विज्ञप्तिमा प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता २०७३ र नेपाल पत्रकार महासंघ झापाको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्न गराउन पत्रकार महासंघका सदस्यलाई आव्हान गर्दै सहयोगका लागि नागरिक समाजलाई अनुरोध गरेको छ ।

पूरा विज्ञप्ति पढ्नु होस ।

प्रतिक्रिया दिनुहोस्