Logo
  चैत्र ६, २०८० मंगलबार

झापामा कोच समुदायको परिकारमा सयौँ रमाए (फोटो फिचर)



झापा, २२ मंसिर । झापाको कन्काई नगरपालीका ९ घैलाडुब्बा स्थित टेकनारायणबारीमा शनिबार नेपाल र भारतका कोच समुदाय जातीय परिकारका स्वादमा रमाएका छन् ।

झापा मिडिया हाउसले आयोजना गरेको यसोदा फुड्स मिस कोच ईन्टरनेश्नलको एउटा विशेष कार्यक्रम ईन्टरनेशनल कोच कल्चरल फुड फेस्टिभलमा प्रतियोगीले बनाएका परिकार कार्यक्रममा उपस्थित अतिथि देखि आमन्त्रित सबै पाहुनाले मिठोमानी कोच परिकारको स्वाद लिएका थिए । सहभागीले केराको पातमा कोच परिकार भाका, पिठ, सिदल, दोर्कोच, कपा, कोचुडान्डि खाएका थिए ।

कन्काई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले भाकाको स्वाद लिदै यस्ता कार्यक्रमले कोच समुदायलाई संसारभर चिनाउन मदत गर्ने बताए ।

त्यस्तै पत्रकार बिनोद पाण्डे कोच परिकारको स्वाद लिदै फुड फेस्टिवल कार्यक्रमले कोच समुदायको संस्कार सँस्कृति जोगाउन मदत पूर्याउने बताए । बिर्तामोडका ब्यावसायी हरि धिमालले कार्यक्रम कोच समुदाय भित्र उदाहरणीय कार्य भएको बताउँदै यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए ।

नेपालका प्रतियोगीले भाका, पिठ, पेल्कासाक, सुकाती साक,फोक्दोई र दर्कच आसामकाले माछपोडा, सुकान पिठा, मेघालयकाले चिकन खप्पा परिकार बनाएका थिए । कार्यक्रममा एशिया भरि छरिएर रहेका कोच समुदायको भाषा, संस्कार, सँस्कृति, खानपान भेषभुषा, जातीय नृत्य, फोटो प्रर्दशनी भएको थियो ।

कोच समुदायका युवतीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले झापा मिडिया हाउसले आयोजना गरेको मिसकोच ईन्टरनेशनल प्रतियोगिता अन्तरगत अहिले प्रशिक्षण कार्यक्रम जारी छ । प्रतियोगितामा भारतको आसाम, मेघालय, उत्तर बंगालसहित नेपालका झापा, मोरङ, सुनसरीका युवती सहभागी रहेका छन् ।

कन्काई नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रेम राजवंशीको सभापतित्व तथा नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको बिशेष अतिथिमा नगर उपप्रमुख मञ्जु प्रसाई रहेकी थिइन् ।

कन्काई नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष देबि अधिकारी, २ का वडाध्यक्ष पर्शुराम गिरी, ३ का वडाध्यक्ष रुद्र चिमरिया, ४ का वडाध्यक्ष गोविन्द पौडेल, ५ का वडाध्यक्ष कृष्ण राई, ६ का वडाध्यक्ष लक्ष्मी ओली, ७ का वडाध्यक्ष लिला कन्दङवा, ८ का वडाध्यक्ष प्रेम कटुवाल, कार्यपालिका सदस्य चुवालाल राजवंशी, कोच समुदायका इतिहास जानकार पानीलाल राजवंशी, दलसिङ राजवंशी, पर्शुराम राजवंशी, आसिनलाल राजवंशी, कोच केन्द्रका उपाध्यक्ष धर्म राजवंशी लगायत सहभागी थिए । कार्यक्रमको सञ्चालन झापा मिडिया हाउसका डाईरेक्टर अभय राजवंशीले गरेका थिए ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस्