Religion and Culture

इद उल फित्र पर्व धुमधामका साथ मनाउँदै

विराटनगर, १२ असार । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र आज बिहानैदेखि धुमधामका साथ मनाइरहेका छन् ।

पवित्र महिना रमजानको एक महिनाको लामो रोजा उपवास राखेर चन्द्रमाको दर्शन गरेपछि आज बिहानदेखि नै मुस्लिम धर्मावलम्बीहरु धार्मिक विधिपूर्वक उत्साहका साथ यो पर्व मनाउनमा जुटेका छन् ।

यस पर्वको उपलक्ष्यमा मोरङमा मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नयाँ बस्त्र धारण गरेर मस्जिदमा पुगेर नमाज अदा गरिरहेका छन् । नमाज अदा गरेपछि आपसी वैमनस्यतालाई त्याग्दै एकापसमा शुभकामना आदानप्रदान गरिरहेका छन् । यसका साथै यो पर्व धुमधामका साथ मनाउनका लागि गरिबलाई दान दिने पनि गरिन्छ ।

यो पर्वका अवसरमा मुस्लिम धर्मावलम्बीले विभिन्न प्रकारका पकवानका साथै सेवईका खीर अनिवार्य रुपमा खाने गर्छन् ।

पर्सामा पनि आज इद उल फित्र मनाईदै

यसैगरी इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र पर्सामा पनि आज उल्लासमय वातावरणमा मनाइरहेका छन् ।

मुस्लिम समुदयाले विगत एक महिनादेखि गर्दै आएको पवित्र रमजान व्रत आज बिहान इद उल फित्रको नमाज अदा गरेसँगै समाप्त भएको छ ।

मुस्लिम समुदायका पुरुष बिहानै स्नान गरी पवित्र भएर जिल्लामा रहेका मस्जिद तथा इदगाह पुगेर बिहान ९ः१५ बजेको शुभसाइतमा इदको नमाज पढेसँगै एक महिना लामो रमजान व्रत समाप्त भएको हो ।

तीन दिनसम्म मनाइने इदमा यो समुदायका व्यक्तिले गरिब तथा असहाय व्यक्तिलाई मद्दत गर्नुका साथै वर्षभरि जम्मा गरेको फितरा आम्दानीबाट दानका लागि निकालिएको धन बाँडी सबैलाई खुसी प्रदान गर्ने गरिन्छ ।

Image

आज बडादशैंको तेस्रो दिन, चन्द्रघण्टाको पूजाआजा गरीदैँ

काठमाडौ, १७ असोज – बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पूजाआजा गरीदैँछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गरीन्छ । आज दसैँको तेस्रोे दिन देवी दुर्गाका स्वरूपमध्ये चन्द्रघण्टाको पूजा हुन लागेको हो । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा कलाको प्रतीक. . . थप विवरण
Image

दसैँ आजदेखि सुरु

झापा, १५ असोज । विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना गरिन्छ । आजैदेखि नवरात्र आरम्भ हुन्छ ।घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा. . . थप विवरण
Image

इन्द्रजात्राको लिंगो ठड्याउने क्रममा दुई जना घाइते

काठमाडौ, २८ भदौ  । इन्द्रजात्राको शुरुआतको संकेत स्वरुप काठमाडौंको हनुमानढोकामा लिंगो ठड्याउने क्रममा ढलेको छ । इन्द्रध्वजसहितको ३२ हाते लिंगो ढल्दा दुई जना घाइते भएका छन् ।घाइते हुनेमा नेपाली सेनाका हवल्दार ४५ वर्षीय भुमबहादुर गुरुङ र सिन्धुपाल्चोकको डाँछी गाविस–८ का ४५ वर्षीय पुष्प लामाको खुट्टामा. . . थप विवरण

दोस्रो राष्ट्रिय धार्मिक सम्मेलन आजदेखि सुरु हुँदै

काठमाडौ, २४ भदौ – धार्मिक – आध्यात्मिक संघ संस्थाको साझा संगठन सनातन हिन्दू मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौमा सुरु हुँदै छ ।धार्मिक – आध्यात्मिक शक्ति केन्द्र निमार्ण गर्ने लक्ष्यसहित हुन लागेको सम्मेलनमा २ सयभन्दा बढी धार्मिक संघ संस्थाको सहभागिता रहने आयोजक संस्था सनातन हिन्दु मोर्चाका महासचिव पुष्पराज पुरुषले जानकारी दिए ।

नेपालको संविधान –२०७२ मा वैदिक सनातन हिन्दु राष्ट्र हटाई जनताको चाहानविपरीत धर्मनिरपेक्षता राखिएको भन्दै मोर्चाले सम्मेलनमार्फत हिन्दु राष्ट्र कायम गराउन नयाँ रणनीति बनाउने मोर्चाका अध्यक्ष प्राध्यापक डाक्टर माधव भट्रराईले जानकारी दिए।

साथै सम्मेलनले वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्न दबाब दिनाका साथै पैसा र प्रलोभनका भरमा हुँदै आएको धर्म परिवर्र्तनविरुद्ध आवश्यक रणनीतिसमेत तय गर्ने बताइएको छ ।

Image

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं, २१ भदौं— आज ऋषि पञ्चमी पर्व । हिन्दू महिलाहरुले आज सप्तऋषिको पूजाआजा गरी हरितालिका तीजको ब्रत सम्पन्न गर्दैछन् । आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाई धुवाई गर्ने गर्दछन् । साथै एक वर्षको प्रतीकका रुपमा ३ सय. . . थप विवरण

© 2019 सूचना विभाग दर्ता नम्बर: ६७९ Sajilokhabar.com  | Powered by DreamSYS IT Solution