झापा, २२ चैत । झापाको विर्तामोडस्थित अग्रसेन भवनको रजत महोत्सवको अवसर पारेर भवनको नवनिर्मित माथिल्लो तला उद्घाटन गरीएको छ । भवनले आज भव्य समारोहका बीच माथिल्लो तलामा नवनिर्मित माधवी व्बेङक्वेट हल र अयोध्यापुरी कक्षको उद्घाटन गरीएको हो ।
माथिल्लो तलामै आयोजित समारोहका प्रमुख अतिथि भवनका सल्लाहकार, समाजसेवी, गौसेवक जगदीशकुमार मिण्डा, समाजसेवी छविलदास वंशल, प्रख्यात रामकथावाचक हरिद्वार निवासी नवराज प्रपन्नजी महाराज, समाजसेवी धवानीशंकर मिण्डा, नेपालल राष्ट्रिय मारवाडी परिषदका उपाध्यक्ष भिखमचन्द सरल, महासचिव चतुर्भुज सरियालगायतले संयुक्त रुपमा रिवन काटेर र शिलालेख अनावरण गरेर नवनिर्मित हल र कक्षको उद्घाटन गरेका थिए ।
सो अवसरमा भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले माथिल्लो तला निर्माणका सम्बन्धमा जानकारी गराउँदै सभाहल र कक्षहरु वातानुकुलित र सुविधासम्पन्न ढंगले निर्माण गरिएको जानकारी दिनुभयो । उहाले संरचना निमाृणका लागि समुदायले मन खोलेर सहयोग गरेका भन्दै सहयोगदाताहरुलाई धन्यवाद दिनुभयो ।
भवनका पूर्व अध्यक्ष शिवकुमार अग्रवालले सञ्चालन र बालिका दृष्टि मित्तलद्वार स्वागत नृत्यबाट स्वागत गरिएको सो समारोहको अवसरमा अग्रसेन भवनको स्थापना तथा निर्माणमा विशेष योगदान पुर्याएकोमा भवनका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष सुरेशकुमार वंशल, दिनेशकुमार मित्तल, बाबुलाल वंशल, मोहनकुमार मित्तल, शिवकुमार अग्रवाल र हनुमानप्रससाद मित्तल रहनुभएको छ ।
स्थापनाकालदेखि नै भवनको निर्माण र विभिन्न रचनात्मक भूमिका निर्वाह गर्दै आएका वर्तमान अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’लाई पूर्व अध्यक्षहरुको तर्फबाट विशेष सम्मान गरिएको थियो ।
सम्मानितहरुलाई समारोहका प्रमुख अतिथि मिण्डाले दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गनुभएको थियो । यसैगरी, सोही समारोहमा अग्रसेन भवनले तयार पारेको रजत वर्ष स्मारिका पनि विमोचन गरिएको थियो ।
यस्तै, भवनकै आयोजनामा सञ्चालन हुने नौदिवसीय दिव्य श्री राम कथाको पनि आजै शुभारम्भ गरिएको अध्यक्ष भद्रपुरेले जानकारी दिनुभयो ।
रामकथाको सन्दर्भमा आज विहान विर्तामोडमा विभिन्न झाँकीसहित मानसग्रन्थ एवम् कलश शोभायात्रा आयोजना गरिएको थियो ।
अग्रसेन भवनको रजत उत्सव तथा राम कथालाई सफल बनाउन मारवाडी समुदायका विभिन्न संघ–संस्थाले सहयोगी भूमिका निर्वाह गरेको बताइएको छ ।