काठमाण्डौ, ३ फागुन । बालुवाटारमा बसेको सत्तारुढ दलहरुको शीर्ष नेताहरुको बैठकमा सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति भएको छ।
बालुवाटारमा बसेको बैठकमा सबै दलहरुसँग छलफल गरेर अध्यादेश ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट पारित गर्ने सहमति भएको गृहमन्त्री रमेश लेखकले बताउनुभयो।
उहाले भन्नुभयो, ‘छलफल सरकारात्मक रुपमा अगाडि बढेर निष्कर्षमा पुगेका छौं। सत्ता गठबन्धनसँग बहुमत पुग्नेगरी छलफल भएको छ।’
भूमि अध्यादेश पनि प्रतिस्थापन गर्दा सबैले आपसमा छलफल गरेर अघि बढ्ने बताउनुभयो। उहाले लोसपा अध्यक्ष महन्थ ठाकुर आफैं बैठकमा सहभागी भएको र जसपा नेपालसँग पनि कुरा भएर अध्यादेश अघि बढाउने सहमति भएको बताउनुभयो।