Logo

अनारमनी पव्लिक क्याम्पसको अध्यक्षमा डा. मैनाली निर्वाचित



झापा, १९ भदौ । झापाको विर्तामोडमा अवस्थित अनारमनी पव्लिक क्याम्पसको अध्यक्षमा डा। लक्ष्मीप्रसाद मैनाली निर्वाचित हुनुभएको छ।

बिर्तामोड– ३ बिर्ताबजारमा अवस्थित अनारमनी पव्लिक क्याम्पसको आज सम्पन्न चोथो अधिवेशनबाट डा. मैनाली अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

त्यस्तै उपाध्यक्षमा कृष्णप्रसाद बिमली र कोषाध्यक्षमा जानुका थापामगर चयन हुनुभएको छ । सदस्यहरुमा युवराज प्रसाई, विनोद गौतम, सुष्मा पौडेल, सोमनाथ तिम्सिना, पंकज राजवंशी र आशिष गिरी रहनुभएको छ । क्याम्पसको प्रमुख संरक्षकमा राजेश खड्का, हर्कलाल गिरी र भुपेन्द्रकुमार सिंह राजवंशीलाई चयन गरीएको छ ।

क्याम्पसको चोथो अधिवेशनबाट ९ जना चुनिएका हुन् । विधानअनुसार तीनजना पदेन सदस्य रहनेछन् । जसअनुसार सदस्य सचिवमा क्याम्पस प्रमुख मोहन शिवाकोटी तथा सदस्यहरुमा बिर्तामोड-३ का वडाध्यक्ष मदन बुढाथोकी र क्याम्पसका निवर्तमान अध्यक्ष राजकुमार पोखरेल रहनुभएको छ । निर्वाचित र पदेन गरी १२ सदस्यीय संचालक समिति बनेकोमा पछि तीनजना मनोनयन गरिने जनाइएको छ ।

हर्कलाल गिरीले उद्घाटन गरेको कार्यक्रममा स्वागत व्यवस्थापन समितिका उपाध्यक्ष कृष्ण विमलीले गर्नुभएको थियो
क्याम्पस व्यवस्थापन समिति अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसको आर्थिक प्रतिवेदन क्याम्पस प्रमुख मोहन शिवाकोटीले प्रस्तुत गर्नुभएको थियो ।

यसैबीच हर्कलाल गिरी, राजेश खड्का, भूपेन्द्र सिंह राजवंशी, विद्यार्थीहरु शोभा ओली, राजन लिङ्देन, कविता पाण्डे, वर्ष राई र शिक्षक भरत भट्टराईलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा खड्ग खरेल, निरा प्रधान, उमानाथ ओली, मदन वुढाथोकी, शोभा ओली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन शुष्मा पौडेलले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्