Logo

अमेरिकामा इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान



काठमाडौं, १२ माघ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान शुरू गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगेको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले बिहीवार मात्रै पाँच सय ३८ जना अवैध आप्रवासीलाई पक्राउ गरेको र सयौँलाई सैनिक विमानमार्फत देश निकाला गरिएको बताउनुभएको समाचारसंस्था एएफपीले जनाएको छ ।

इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । ट्रम्पले चुनावी अभियानका क्रममै अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने बताउनुभएको थियो ।

आफ्नो कार्यकालको पहिलो दिन नै राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा ‘राष्ट्रिय आपतकालीन अवस्था’ घोषणा गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको थियो । उहाँले आप्रवासीलाई ‘आपराधिक एलियन’ को संज्ञा दिँदै उनीहरूलाई देश निकाला गर्ने घोषणा गर्नुभएको छ ।

अमेरिकामा झण्डै एक करोड १० लाख गैरकानुनी आप्रवासी रहेका अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्