Logo

अस्ट्रेलियामा हराएका सुभाषको शव समुद्री तटमा भेटियो



काठमाण्डौ, २ भदौ । उच्च शिक्षा अध्ययनका लागि नौं महिनाअघि अस्ट्रेलियाको सिड्नी पुगेका काभ्रे पाँचखाल नगरपालिका-७ का २७ वर्षीय सुभाष बोलखे मृत भेटिएका छन् । विगत २१ दिनदेखि सम्पर्कविहीन भएका सुभाषको शव फेला परेको पाँचखाल नगरपालिकाका प्रवक्ता सञ्जय तामाङले जानकारी दिनुभयो ।

शनिबार बिहान १२ बजेतिर शव भेटिएको खबर नगरपालिकामा आएको उहाले बताउनुभयो । उहाका अनुसार आजबाटै सुभाषको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया अघि बढाइनेछ ।  सुभाष परिवारका कान्छा छोरा हुन् । उनी सुरुमा साथीहरूसँग बस्थे ।

परिवारले दिएको जानकारी अनुसार, पछिल्लो दुई महिनादेखि सुभाष एक्लै बस्दै आएका थिए । उनको मृत्युको कारणबारे अहिलेसम्म कुनै जानकारी नआएको र आवश्यक अनुसन्धान भइरहेको तामाङले बताउनुभयो । उच्च शिक्षा अध्ययनका लागि गएका सुभाष हराएपछि खोजीका लागि परिवार स्थानीय सरकार हुँदै दूतावाससम्म पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्