काठमाडौं, १६ वैशाख । उपचाररत मृर्गौला पीडित बिरामीले अस्पतालको चोथौँ तलाबाट हाम फालेका छन् । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका एक बिरामीले हाम फालेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको छ ।
प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका-१ का ६३ वर्षीय चक्रबहादुर सिंहले आज दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन् ।
सोमबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो करिब २ बजेपछि एक्कासी तेस्रो तलाबाट हाम फालेको अस्पतालले जनाएको छ । उनी हाम फालेको ठाउँबाट अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको अस्पतालका सूचना आधिकारी किशोर प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान अहिले जारी रहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।