Logo

आइपीएल : मुम्बईविरुद्ध चेन्नईको जित



काठमाडौं, ११ चैत । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले चार विकेटको जित निकालेको छ।

टस हारेर सुरुमा ब्याटिङ गरेको मुम्बईले चेन्नाई सुपर किंग्सलाई एक सय ५६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको चेन्नईले ५ बल बाँकी हुँदा ६ विकेट गुमाएर १५८ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।

चेन्नईको जितमा ओपनर रचिन रविन्द्र र कप्तान ऋतुराज गायकवाडले अर्धशतक प्रहार गरे। नटआउट ४५ बलको सामना गरेको रविन्द्रले चार छक्का र दुई चौकाको मद्दतमा ६५ रन बनाए भने कप्तान गायकवाडले २६ बलमा ६ चौका र तीन छक्काको मद्दतमा ५३ रन जोड्दै अर्धशतक पूरा गरे। उसका लागि रविन्द्र जडेडाले १७ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

राहुल त्रिपाठी २, शिवमन दुवे ९, दीपक होडा ३, श्याम कुरान ४ रनमा आउट हुँदा महेन्द्रसिंह ध्वनीले नटआउट २ बलको समना गरे ।

 

प्रतिक्रिया दिनुहोस्