Logo

आईसीसी लिग-२ : अमेरिका नेदरल्याण्ड्ससँग १९ रनले पराजित



काठमाडौं, ३२ साउन । आईसीसी विश्वकप लिग-२ सिरिजमा अमेरिका नेदरल्याण्ड्ससँग १९ रनले पराजित भएको छ।

टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिकाले पाएको २३८ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिममा ८ रन बनाउन मात्र ५ विकेट खर्चिएपछि १९ रनको पराजय भोगेको हो।

२३८ रनको लक्ष्य पछ्याएको अमेरिकाको अन्तिमको ब्याटिङ लाइन नचल्दा ४९.५ ओभरमा २१८ रनमा अल आउट भएको हो।

सुरुमा ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले ५५ बलमा ६ चौकासहित सर्वाधिक ६५ रन बनाए। विक्रमजित सिंहले ५९, म्याक्स ओडाउड ४९ रन बनाए।

नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न अमेरिकाका मिलिन्द कुमारले २, जसदीप सिंह र स्टिभन टेलरले १–१ विकेट लिए।

अमेरिकाको लागि मिलिन्द कुमारले सर्वाधिक ६९ रन बनाए। उसका लागि स्मित पटेल ३८, आरोन जोन्स ४७, शयान जहाजिँगर २० र शाल्डी भान २१ रनमा आउट भए।

नेदरल्यान्ड्सका भिभियन किंग्मा तीन, अर्यान दत्त, पाउल भान मिर्केन र शरिज अहमदले दुईदुई विकेट लिए।

८ टोली सहभागी लिग-२ आगामी २०२७ सम्म चल्नेछ। शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्नेछन्।

८ टोली सहभागी लिग दुईको अङ्क तालिकामा नेदरल्यान्ड्स ८ अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित अमेरिका २ अङ्कका साथ छैटौँ स्थानमा छ । स्कटल्यान्ड ९अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । अङ्क तालिकामा २ अङ्कका साथ नेपाल सातौँ स्थानमा छ ।

लिग दुईको शीर्ष चार टोलीले सन् २०२७ मा  हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्