काठमाडौं, २३ पुस । आज बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।
पूर्वी नेपाल र तिब्बतको सिमाक्षेत्रमा बिहान ६:५० बजे गएको भूकम्प परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो ।
चिनियाँ सञ्चार माध्यमका पछिल्लो रिपोर्ट अनुसार चीनको स्वशाषित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका हुन् ।
भूकम्पमा परी सयौं घाइते भएको र दर्जनौं घर र कार्यालयमा क्षति पुगेको छ ।