काठमाडौं, १८ वैशाख । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज बिहीबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँले घटेको हो । सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।