Logo

आज २०८१ साल कार्तिक १० गते शनिवारको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

घर–परिवारमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ। मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नदेखि भने आफन्तहरू टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि बुद्धि खर्चनुपर्ला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

किनमेलमा पनि अधिक खर्च हुने समय छ। सुरुमा शुभचिन्तकहरूलाई बेवास्ता गर्दा पछि दु:ख पाइएला। मध्याह्नदेखि केही काम बन्नेछन्। तर प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउन सक्छ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अतिथिकाे आगमनले दिन रमाइलाे रहनेछ। पेसागत काममा त्यति समय दिन नसकिएला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मिहिनेतले पछि लाभ हुने काम गर्न सकिनेछ। तर, तत्काल ठूलाे उपलब्धि नहुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समय दिन नसक्दा काम बिग्रन सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ तथा नियमित काम सम्पादन गर्न सकिनेछ। व्यापार बढ्नेछ भने आम्दानी पनि मनग्य हुनेछ। तर मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च पनि बढाउनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। घर–परिवारमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। मध्याह्नपछि केही जिम्मेवारी प्राप्त हुन सक्छ। रोकिएकाे काम बन्न थाल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

तर परिस्थिति अनुकूल रहे पनि भौतिक असुविधाले दुःख पाइनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। काममा परिवारजनको साथ जुट्नेछ। मध्याह्नदेखि स्वास्थ्य कमजोर रहननेछ। काम गर्न समय लाग्नेछ। तापनि सम्भावना खोजी गर्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। मध्याह्नदेखि विवादमा परिने र काम राेकिने सम्भावना छ। प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सहयोगीहरू पछि हट्नेछन् र व्यवसायमा कम मात्र फाइदा हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नपछि खर्च बढ्ने समय छ। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्