Logo

आज २०८१ साल मंसिर २९ गते शनिवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

दायाँ हातमा लक्ष्मीको वास हुनाले मनग्गे आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अवसर खोजी गर्नुपरे पनि आज प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउन सफल भइनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। पहिलेको सफलताले पनि थप काम गर्ने माहोल बन्नेछ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

धेरै खर्चको माहोल देखिए पनि धैर्यले काम लिँदा फाइदा हुनेछ। तर घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा काममा केही विलम्ब हुन सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ। तापनि नयाँ कामको प्रस्ताव आउनेछ भने रचनात्मक काम गर्ने समय छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

दिगो फाइदा हुने काम प्रारम्भ हुनाले मन प्रसन्न हुनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्रयत्न गर्दा काममा बिस्तारै सफल भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू भने अलि सक्रिय हुनेछन्। केही समय अरूका लागि जुट्नुपर्नेछ। केही समस्या परे पनि लक्ष्यमा पुग्न कामलाई निरन्तरता दिनुहाेला। नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला। साथमा सहयोगीहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम खर्च हुनेछ। आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ माहोलमा पुगिए पनि मित्रताको बन्धन कसिलो हुनेछ। कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता प्राप्त हुनेछ। स्वास्थ्य समस्या देखिए पनि प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

परिस्थितिवश काम बिग्रने डरले सताउन सक्छ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता पुनर्विचार गर्नुपर्ने हुन सक्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्