Logo

आज २०८२ साल जेठ १६ गते शुक्रवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

 मिहिनेतले दिगो फाइदा दिलाउनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। छोटो समयमा पनि केही प्रतिफल पाइनेछ। तर विश्वास दिलाएर स्रोत फुत्काउनेहरूले धोका दिन सक्छन्। गोपनीयताका लागि अलि चनाखो रहनुहोला।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ, मिहिनेत गर्नुहाेला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। अवसर जुट्नेछ तर आलस्य गर्ने बानीले काम अधुरो रहन सक्छ। पछिका लागि जग बसाउने समय छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ। दिगो योजनाका लागि ऋण, कर्जा लिनुपर्ने हुन सक्छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

विशेष भेटघाटले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतिष्ठित काम गर्दै लाेकप्रियता हासिल गर्ने समय छ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। अवसरवादीहरूले भने मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि प्रयत्न गर्दा पछि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

मिहिनेत परे पनि समयमा काम नबन्न सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। आन्तरिक सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्नेछ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

 प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। आलस्य गर्नाले काममा विलम्ब हुन सक्छ। अरूको भरपर्दा लाभ उठाउन नसकिएला।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

 स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। तर ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्नेछन्। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

धेरै मिहिनेतले मात्र चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार गर्न भने सकिनेछ। सम्पादित कामबाट थोरै भए पनि धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। तत्काल ठूलाे उपलब्धि नभए पनि फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। आफूलाई विश्वास नलागेका व्यक्तिहरूले भने केही फाइदा दिलाउनेछन्। नसोचेको धन प्राप्त हुनाले घरायसी अभाव पूरा गर्न सकिनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्