मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसाेदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दु:ख पाइनेछ। आँटेकाे काम राेकिन सक्छ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिनेछ। कामकाे उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आजकाे मिहिनेतले दिगो फाइदा दिलाउनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। व्यवसायतर्फ नयाँ काम थालनी हुने समय छ। अधुराे काम बन्नेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्य धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। दिउँसाेदेखि जिम्मेवारीले खर्च बढाउन सक्छ। अरूकाे समस्या सुल्झाउने प्रयास गर्दा आफैंलाई समस्या पर्न सक्छ। परिणाम अध्ययन नगरी लिइएकाे निर्णयले समस्या पर्न सक्छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसोतिर रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि अरूकाे विचारमा सहमत बन्न नसक्दा काम राेकिन सक्छ। खानपानको असावधानीले स्वास्थ्यबाधा हुनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।दिउँसोदेखि सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। बसाइमा स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। व्यावसायिक कामले खर्च बढाउनेछ। लाभ उठाउन हतार गर्दा पछि घाटा लाग्न सक्छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। चुनौतीभित्र अवसर खोज्ने समय छ। दिउँसाेदेखि स्थिति अनुकूल बन्दै जानेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेत गर्दा सजिलै कार्यसिद्धि हुनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। दिउँसाेदेखि केही व्यावहारिक बाधा देखापर्नेछन्। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। नियमित काम सम्पादन हुनेछन्।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोतिर भौतिक वस्तुहरू जुटाउन सकिनेछ। तर परिस्थितिवश यात्रा राेकिन सक्छ। काम बिग्रनाले दाेहाेर्याएर प्रयास गर्नुपर्ला। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्न सक्छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पेसा–व्यवसायमा पनि राम्राे लाभ उठाउन सकिनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
साथीभाइ टाढिनेछन्। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।