Logo

इजरायली बन्धकको नयाँ भिडिओ सार्वजनिक



काठमाडौं, २९ कात्तिक । विद्रोही समूह हमासको सहयोगी प्यालेस्टाइनी इस्लामिक जिहाद लडाकू समूहले इजरायली बन्धकको भिडिओ सार्वजनिक गरेको छ ।

गएको वर्ष अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि गाजामा बन्धक बनाइएका ती व्यक्तिले आफूलाई इजरायलीले बन्धक बनाएको भन्दै भिडिओेमा आफ्नो रिहाइमा ढिलो नगर्न सार्वजनिक अपिल गरेका छन् । उनीहरुले बन्धकहरूको रिहाइका लागि सरकारमाथि दबाब बढाउन इजरायलीहरूलाई आग्रह गरेका एएफपीले जनाएको छ ।

यसैबीच, भिडिओ सार्वजनिक भएसँगै गाजामा बन्धक बनाइएका व्यक्तिका परिवारका सदस्य तथा आफन्तहरूले बन्धक रिहाइमा ढिला नगर्न सरकारसँग फेरि आग्रह गरेका छन् । यसअघि पनि उनीहरुले बन्धकको रिहाइका लागि पहल गर्न सरकारलाई पटक–पटक आग्रह गर्दै आएका थिए ।

इजरायलमा गएको अक्टुबर ७ मा भएको आक्रमणमा कम्तीमा एक हजार २०६ जनाको ज्यान गएको थियो २५० जनालाई बन्धक  बनाइएको थियो । त्यसयता इजरायलले हमासविरुद्ध आक्रमण गर्दै आएको छ ।

गाजामा केन्द्रित आक्रमणमा ४३ हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । आक्रमणमा ज्यान गुमाउनेमा धेरै सर्वसाधारण रहेका खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्