काठमाडौं, १९ भदौ । बलिउड अभिनेत्री कंगना रनौत आफ्नो निर्देशनमा बनेको फिल्म ‘इमर्जेन्सी’ को रिलिजमा प्रतिबन्ध लगाएपछि अहिले चर्चामा छिन् । यसैबीच उनले मंगलबार आफ्नो नयाँ फिल्म ‘भारत भाग्य विधाता’को घोषणा गरेकि छन् ।
यो चलचित्रले पर्दा पछाडि मिहिनेत गर्ने श्रमजीवी वर्गको योगदानको कथा बताउनेछ । चलचित्रलाई गीतकार तथा पटकथा लेखक मनोज तापडियाले निर्देशन गर्नेछन्, जसले यसअघि ‘चीनी कम’, ‘माई’, ‘मद्रास क्याफे’ र ‘एनएच १०’ जस्ता चलचित्रमा काम गरिसकेका छन् ।
यो फिल्म युनोइया फिल्म्सकी बबिता आशिवाल र फ्लोटिंग रक्स इन्टरटेनमेन्टका आदि शर्माले संयुक्त रुपमा निर्माण गर्नेछन् । यसमा कंगना मुख्य भूमिकामा देखिनेछिन् ।
कंगनाले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै फिल्मको घोषणा गरेकी हुन् । अभिनेत्रीले लेखिन्, ‘वास्तविक जीवनको वीरताको जादू पर्दामा हेर्न तयार हुनुहोस्। यो फिल्म घोषणा गर्न उत्साहित छु।
फिल्म ‘इमर्जेन्सी’ प्रतिबन्धको बीचमा कंगनाले यो नयाँ फिल्मको घोषणा गर्दा धेरै प्रयोगकर्ताले उनको खिल्ली उडाएका छन् । कतिपय प्रयोगकर्ताले यसलाई रिलिजअघि नै फ्लप भनेका छन्, भने कतिपयले तिम्रो फिल्म रिलिज नै नहुने भए किन बनाएको भनेका छन् ।
फिल्ममा कंगना देशकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् । धेरै सिख धार्मिक संगठनहरूले यो फिल्मको आलोचना गरे र यसको विरुद्धमा प्रदर्शन गरे।
यो चलचित्रले साम्प्रदायिक तनाव भड्काउन र गलत सूचना फैलाउन सक्ने यी संस्थाको दाबी छ । यी सबै कारणले फिल्मको रिलिज स्थगित भएको हो । सेन्सर बोर्डले विवादित दृश्य हटाउन निर्देशन दिएको छ ।
यसबारे कंगनाले आफ्नो फिल्म ‘इमर्जेन्सी’का लागि अदालतमा लड्ने र कुनै कटौति बिना नै रिलिज गर्ने बताएकी छिन्, किनभने उनी तथ्य परिवर्तन गर्न चाहँदैनन् ।