Logo

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी



काठमाण्डौ, १६ फागुन । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा अध्यादेश, संविधान संशोधन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

सरकारले भूमि तथा सहकारीसहित ६ वटा अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा गत माघ १८ गते दर्ता गरेपनि दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन । खासगरी राष्ट्रिय सभामा सत्तापक्षको बहुमत नभएपछि अध्यादेश अघि बढ्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्