काठमाडौं, १३ भदौ । सरकारले गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
हालकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण आगामी भदौ १५ (शनिबार) बाट अनिवार्य अवकाशमा जाँदै हुनुन्छ । त्यसअघि सरकारले बिहीबार अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।
गत साउन १० गते नियुक्त भएकी उहा नेपालको इतिहासमा पहिलो महिला मुख्य सचिव बन्नुभएको थियो।
अर्यालसहित डा। तोयनारायण ज्ञवाली र दिनेश भट्टराई पनि मुख्य सचिवको दाबेदार थिए।