झापा, १९ फागुन । एक्सेल डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा बोलाएको छ। झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कम्पनीले चैत्र ११ गतेका लागि साधारणसभा बोलाएको हो। सभा, सिद्धार्थ होटल बिर्तामोडमा बिहान ११ बजेदेखि सुरु हुनेछ । ‘
साधारणसभा प्रयोजनको लागि फागुन २९ गते बुक क्लोज गर्ने कम्पनीले जानकारी दिएको छ । उक्त सभामा यस अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ती गर्ने प्रयोजनको लागि १८औँ वार्षिक साधारण सभाले दिईएको अख्तियारीलाई निरन्तरता दिने प्रस्ताव पेश हुनेछ ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु
सामान्य प्रस्ताव
१. संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आ. व. २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसंग सम्बन्धित अनुसूचीहरु पारित गर्ने ।
३. बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
४. संचालक समितिले संस्थापक शेयरधनी तर्फको रिक्त संचालक पदमा गरेको नियुक्ति अनुमोदन गर्ने ।
विशेष प्रस्ताव
१ . यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने / गाभिने (Merger) वा प्राप्ती ( Acquisition) प्रयोजनको लागि अठारौ वार्षिक साधारण सभाले दिईएको अख्तियारीलाई निरन्तरता दिदै अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासंग गाभ्ने / गाभिने (Merger ) तथा प्राप्ती (Acquisition) गर्ने सम्बन्धी आवश्यक कार्य गर्न, उक्त कार्यका लागि सहमतीपत्र (Memorandum Of Understanding ) मा हस्ताक्षर गर्न Merger तथा Acquisition समिति गठन गर्न, चल अचल सम्पत्तीको मूल्याङ्कन ( Due Diligence Audit) गर्न मूल्याकनकर्ताको नियुक्ती गर्न, निजको पारिश्रमीक निर्धारण गर्न, शेयर आदान प्रदान अनुपात ( Share Swap Ratio) निर्धारण गर्न, सम्बन्धित नियमनकारी निकायहरुसंग सहमति लिने लगायतका Merger तथा Acquisition सम्बन्धी आवश्यक सम्पूर्ण कार्य / प्रकृया अघि बढाउने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने ।
२. संचालक समितिका सदस्यहरुको बैठक भत्ता बृद्धि गर्ने ।