काठमाण्डाै, १३ फागुन । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै सङ्कटा क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा सङ्कटाले एपीएफलाई पेनाल्टी शुटआउटमा ५–३ गोलले हरायो । निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।
प्रतियोगितामा अहिले मच्छिन्द्र क्लब र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड खेलिरहेका छन् । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ । फाइनल खेल यही १९ गते हुनेछ ।