Logo

एलन मस्क बने मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि मस्कको सम्पत्ति ह्वात्तै बढ्यो



काठमाडौं , ९ मंसिर । टेस्लाका सीईओ एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । मस्क टेस्ला, एक्स र स्पेसएक्सका मालिक हुन् ।

विश्वप्रसिद्ध अमेरिकी पत्रिका फोर्ब्सका अनुसार, मस्क ३ खर्ब ३४ अर्ब ३० करोड डलर सम्पत्ति जोडेर मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । उनीसँग अहिले भएको सम्पति यसअघि कुनै पनि धनाड्यसँग थिएन । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि उनको सम्पति थप बढेको हो ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि मस्कको विद्युतीय कार कम्पनी टेस्लालगायतको सेयर मूल्य ह्वात्तै बढ्दा उनको सम्पत्ति पनि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्