काठमाडौं, १९ जेठ । पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयन्द्र शाहले कमलादी पुगेर दरबार हत्याकाण्डमा ज्यान गुमाएका तत्कालीन राजपारिवारको सम्झनामा दीप प्रज्वलन गरेका छन् ।
हिमानी ट्रस्टको आयोजनामा भएको कार्यक्रममा हिमानी शाह, हृदयन्द्र शाह गणेस्थान पुग्नुभएको थियो ।
दीप प्रज्ज्वलन कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा रानीको तस्वीरमा माल्यार्पण गर्नुभएको थियो ।
दीप प्रज्वलनका लागि राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले राजावादी नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।