Logo

कमल थापालाई भेट्न जाँदा पक्राउ परेका सांसद सिंह रिहा



काठमाडौं, १८ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न जाँदा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंह रिहा भएका छन्।

आइतबार राजसंस्था पक्षधरको आन्दोलनका क्रममा पक्राउ परेका थापालाई भेट्न काठमाडौँ प्रहरी परिसर भद्रकाली गएका सांसद सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले आइतबार बेलुका उनलाई छाडेको हो।

राजसंस्था पक्षधर आन्दोलनको चौथो दिन नारायणचौरमा प्रदर्शन गरिरहेका थापासहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्