काठमाडौं, १५ चैत । सरकारले काठमाडौँको तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ।
राजसंस्था पक्षधरको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले तीनकुने, सिनामंगल, गौशाला, बानेश्वर, शंखमुल, कोटेश्वरलगायतका क्षेत्रमा कर्फ्यु लगाएको छ।
कर्फ्यु लगाइएको क्षेत्रमा सेना परिचालन गरिएको हो। प्रशासनले आज राति १० बजेसम्मका लागि कर्फ्यु लगाएको हो।