काठमाडौं, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले भारतको कश्मीरमा भएको आतंकवादी हमलाको विरोध गरेको छ। पछिल्लो समय हिन्दू समुदायलक्षित आक्रमण बढेको भन्दै त्यो स्वीकार्य नहुने समेत बताएकोछ ।
‘केही समयअघि बंगलादेशका चर्चित हिन्दू व्यक्तित्व श्री भावेशचन्द्र रायको अपहरणपछि निर्ममतापूर्वक हत्या भएको थियो,’ बुधबार विज्ञप्ति निकाल्दै राप्रपाले भने, ‘पछिल्लो समय हिन्दू समुदायलक्षित आक्रमणहरु चिन्ताको विषय हो। जुनसुकै भूगोल र जुनसुकै बहानामा हुने हिन्दुत्व र मानवता विरुद्धको आतंककारी कार्य स्वीकार्य हुन सक्दैन, राप्रपा यस्ता आतंकवादी गतिविधिको सदैव विपक्षमा छ।’
भारतको जम्मु कश्मिरको पहलगाममा मंगलबार आतंकवादी समूहले पर्यटकको समूहमाथि गरेको आक्रमणमा परी एक नेपाली नागरिक सहित २६ जनाको मृत्यु भएकोछ।