Logo

कस्तो छ आज, विदेशी मुद्राको विनिमय दर ?



काठमाण्डौ, २ भदौ । नेपाल राष्ट्र बैंकले आज भदौ २ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६१ रुपैयाँ र खरिददर १३४.०१ रुपैयाँ तोकेको छ ।

आज युरोपियन युरो एकको खरिददर १४७.२८ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४७.९४ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.९२ रुपैयाँ र बिक्रीदर १७३.६९ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८.८४ रुपैयाँ र बिक्रीदर ८९.२४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.५९ रुपैयाँ र बिक्रीदर ९८.०२ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७५ रुपैयाँ र बिक्रीदर ३६.९१ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.२४ रुपैयाँ र बिक्रीदर ३०.३८ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्