Logo

कांग्रेस जागरण अभियान वैशाख २५ गतेदेखि



काठमाडौं, ११ वैशाख । आजबाट शुरु गर्ने भनिएको नेपाली कांग्रेससको हिमाल, पहाड, तराई–मधेश अभियान आगामी वैशाख २५ गतेदेखि हुने भएको छ ।

पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएकाले आजदेखि शुरु गर्ने भनिएको अभियान वैशाख २५ गतेदेखि शुरु लागिएको कांग्रेसले जनाएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले काङ्ग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार आकस्मिक बैठकले पहिलो चरणमा हुन लागेको जागरण अभियान पार्टीका नेताको निधनका कारण वैशाख २५ गतेदेखि गर्ने निर्णय गरेको जानकारी दिए ।

अब काङ्ग्रेसको जागरण अभियान वैशाख २५ देखि जेठ २५ गतेसम्म हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्