Logo

कुकुरले टोकेको बेवास्ता गर्दा ३२ वर्षीय युवकको मृत्यु



चितवन, २५ बैशाख । चितवनमा रेबिज लागेर एक युवकको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको रेबिज लागेर मृत्यु भएको हो।

उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो।

केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो। उपचारमा विलम्ब हुँदा उनको मृत्यु भएको चिकित्सकले बताएका छन्।

रेबिजले सिकिस्त भएपछि हिजो मात्रै उनी अस्पताल भर्ना भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्