Logo

कुवेत गएका बिर्तामोडको विकास कार्कीको मृत्यु



झापा, २४ वैशाख । वैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेका झापाका एक युवकको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–१ हनुमान नगरका ३३ वर्षीय विकास कार्कीको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

विकासको के कारणले मृत्यु भएको हो भन्ने यकिन खुल्न नसकेको उनका बुबा ध्रुवराज कार्कीले बताए । उनले भने– ‘छोराको निधन भएको खबर आयो तर, के कति कारणले निधन भएको केही खुल्न सकेको छैन ।’

डेढ वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा काठमाडौंको ओमेगा इन्टरनेश्नल म्यानपावर कम्पनी मार्फत कुवेत पुगेका विकास ईटिसी कुवेत कम्पनीमा कार्यरत रहेका बताइएको छ । उनीसँगै अर्का एक नेपालीको पनि निधन भएको अपुष्ट जानकारी प्राप्त भएको छ । छोराको निधन पछि कार्की परिवारले शवलाई छिटो नेपाल ल्याउने र मृत्युको सत्य तथ्य पत्ता लगाई दिन सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्