काठमाडौं, ३० साउन । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक बुधबार प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मतिले पारित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ पारित गरेको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
प्रतिनिधिभाबाट पारित भएसँगै अब उक्त विधेयकमाथि राष्ट्रियसभामा पनि छलफल हुनेछ ।
शीर्ष तीन दलको कार्यदलले विवादिद बिषयमा सहमति जुटाएपछि कानुन न्याय तथा मानव अधिकार समितिले उक्त विधेयकलाई सर्वसम्मत रुपमा पारित गर्दै प्रतिनिधिसभामा पेश गरेको थियो ।
२०७९ चैत ५ गते प्रतिनिधि सभामा प्रस्तुत भएको विधेयकलाई २०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।