Logo

गभर्नर नियुक्तिको चर्चाकै बीच गुणाकर भट्टको कार्यकारी निर्देशक पदबाट राजीनामा



काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार राजीनामा बुझाएको जानकारी दिनुभएको छ।

हाल राष्ट्र बैंकको गभर्नर पद रिक्त छ। गभर्नर नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै भट्टले राजीनामा दिएको बुझिएको छ। यसअघि अर्का कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पनि राजीनामा दिइसक्नुभएको छ।

सरकारले तीन साताअघि गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। सत्तारुढ दलहरूबीच गभर्नर नियुक्तिबारे सहमति भइसकेको बताइएको छ। समितिको बैठक शुक्रबार बसेर तीन जनाको नाम सिफारिस गर्ने तयारी छ।

यसैबीच, सरकारले गभर्नरलगायतका पदाधिकारी नियुक्तिका लागि उमेर हद ६५ वर्ष हटाउने गरी मापदण्ड संशोधन गरेको थियो। तर, सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्