Logo

गौहत्यामा संलग्न आलम पक्राउ, हत्या विरुद्ध सुरुङ्गामा प्रर्दशन



झापा, ११ मंसिर । झापाको कनकाई नगरपालिकामा गौहत्या भएको छ ।

कनकाई नगरपालिका ३ टप्पुबस्ती पूर्वमा मंगलबार गाई काटिएको हो । गौ हत्यामा संलग्न एक ब्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा बुदोना आलम रहेको बताइएको छ । उनी त्यहाँ भाडामा बस्दै आएको जनाइएको छ ।

घटनामा अरुको पनि संलग्नता हुन सकने भएकाले प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभयो । लीला संग्रौलाको घर भाडा लिएर बसेका आलमले आफू बसेको घरमा लगेर गाई काटेका हुन् ।

उनले हरिकुल स्कुलनजिकबाट दुर्गा सिलवालको सो लैनो गाई राति चोरेर लगेको बताइएको छ । उनले राति नै सो गाई काटेको अनुमान गरिएको छ । घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ । केही महिनाअघि दमकमा गर्भिनी गाई हत्या गरिएको थियो ।

घटना पश्चात् गाई काट्नेलाई पक्राउ गरी कारबाहीको माग गर्दै श्री शताक्षी गोवर्द्धन गौशाला र सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष आचार्य नन्दकिशोर भारद्वाजको नेतृत्वमा विरोध प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्