Logo

चक्रवात ‘दाना’को आंशिक प्रभाव, पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना



काठमाडौँ, १० कात्तिक । अहिले कोशी प्रदेशमा आंशिक देखी साधारणतया बदली र बाँकी प्रदेशमा  आंशिक  बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को अंशको आंशिक प्रभाव समेत रहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखी साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली देखी देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशका  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका पहाडी भू–भागका  एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्